आज:  | Sun, 08, Sep, 2024

आजफेरी भीमेश्वर मन्दिरको शिला(मुर्ति)को पुरै भागमा पसिना आयो

९ श्रावण २०८१, बुधबार १९:५० मा प्रकाशित ( १ महिना अघि) १७३ पाठक संख्या
नारी बाटिका


दोलखा ९ साउन ।

दोलखाको भीमेश्वर मन्दिरमा अवस्थित शिला मुर्तिमा आज पनि दिउँसोबाट फेरि ‘पसिना’ आउन थालेको छ। भीमेश्वर मन्दिरको मुर्र्तिमा शनिवार पसिना आएर रोकिएको थियो । त्यसैगरी आज फेरि पसिना आएको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ। समितिका अनुसार भीमेश्वरको शिलामा दिउँसो १२ ः४५ बजेदेखि ‘पसिना’ आएको हो।

यसैगरी गएको शनिवार बायाँ भागमा पसिना आएको थियो । तर आज शिलाको पुरै भाग ओगटेर पसिना आएको समितिले जनाएको छ । यसअघि २०७७ सालको फागुनमा कोरोना महामारी आउनु अगाडी भीमेश्वरको शिलामा पुरै भागमा ‘पसिना’आएको थियो। शिलामा पसिना आएपछि स्थानीयवासी सहित भक्तजन मन्दिर परिसरमा भेला भएर बाजागाजा सहित घन्टा बजाउने, धूपबत्ती गर्ने चलन छ। शिलामा ‘पसिना’ पुछेको कपास लिनेको ठूलो भीड लाग्छ।

जनविश्वास अनुसार शिलामा आएको पसिना पुछेको कपास साथमा राख्दा रोगब्याधी नलाग्ने, यात्रा सफल हुने, मनोकांक्षा पूरा हुने जनविश्वास समेत रहेको छ। बायाँ भागतर्फ पसिना आउँदा जनतालाई दुख कष्ट हुने र दायाँ भागतर्फ पसिना आएमा राष्ट्र प्रमुखलाई अनिष्ट हुने जनविश्वास रहेको जनाइएको छ।

यसैगरी २०७८ वैशाख २५ गते भीमेश्वरको शिलामा पसिना आएको थियो भने आज आएको पसिना २२औँ पटकको हो। शिलामा पसिना आएपछि तान्त्रिक विधिबाट पूजा नगरी पसिना रोकिँदैन भन्ने जनविश्वास रही आएकोछ।

शिलामा पसिना आएपछि उक्त पसिना पुछेको कपास राष्ट्र प्रमुख समक्ष पठाउने र राष्ट्रप्रमुखको तर्फबाट क्षमा पूजा गर्ने प्रचलन समेत रहेको छ। क्षमा पूजाका लागि राष्ट्रपतिबाट सामग्री पठाउने प्रचलन छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस