आज:  | Sun, 08, Sep, 2024

सौर्य जहाज दुर्घटनामा परी मृत्यु भएका चारजनाको शव निकालियो ।

९ श्रावण २०८१, बुधबार १२:५४ मा प्रकाशित ( १ महिना अघि) १३३ पाठक संख्या
नारी बाटिका


काठमाडौं ९ साउन ।

त्रिभुवन विमानस्थलमा दुर्घटना भएको सौर्य जहाजबाट चार जनाको शव निकालिएको छ । उक्त विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रम जारी छ ।

जहाज दुर्घटनापछि उद्धार कार्य जारी छ । उक्त विमान दुर्घटनाले अन्य विमानहरूलाई भने क्षति पुर्‍याएको छैन ।

बुधबार विहान ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।

चालक दलका सदस्य सहित १९ जना रहेको प्रवक्ता ठाकुरको भनाइ छ । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् । नजिकका घरहरूमा पनि क्षति पुगेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस