आज:  | Sun, 08, Sep, 2024

नारायणकाजीलाई पार्टीबाट धकेल्ने मनसायले अध्यक्ष प्रचण्डको चुनौती,अब आफ्नै बाटो लागे हुन्छ

९ श्रावण २०८१, बुधबार ०८:२२ मा प्रकाशित ( १ महिना अघि) २८६ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ९ साउन ।

नेकपा एमालेले काँग्रेससंग समिकरण गरी प्रचण्ड नेतृत्वको सरकार ढलेसंगै नेकपा (माओवादी केन्द्र पार्टीभित्र आन्तरिक कलह बढ्दै गएको छ। सत्ताबाट बहिर्गमन भएपछि पार्टी निर्माणमा शीर्ष नेताहरुले ध्यान केन्द्रित गर्ने अपेक्षा गरेका कार्यकर्ताहरुमाथि अहिले फेरि आन्तरिक किचलोको संकेतले निराश बनाउने सम्भावना बढेको छ ।

विशेषगरी माओवादीभित्र सरकार जोगाउन पार्टीको बढीमात्रामा ध्यान केन्द्रित हुने गरेकाले सांगठनिक गतिबिधि शिथिल भएको गुनासो गरिरहेका कार्यकर्ताहरुको अपेक्षा विपरीत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट बाहिरिएपछि पनि पार्टी पुनर्निर्माणमा उहाँको ध्यान नगएको र पार्टीका वरिष्ट नेताहरुलाई उल्टै पार्टी छाड्न चुनौती दिन थालेको बाहिर आउन थालेको छ।

अध्यक्ष प्रचण्ड र दोस्रो वरियतामा रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सरकारमा सहभागी भएपछि पार्टीका गतिविधि निष्क्रय भएको कार्यकर्ताहरुले आरोप लगाएका छन् । तर सरकारबाट बाहिरिएपछि प्रचण्डले नेताहरुलाई पार्टी निर्माणमा खटाउने भन्दा पनि पार्टीकै शीर्ष नेतालाई आफ्नो बाटो लागे हुन्छ भन्ने धम्कीपूर्ण अभिव्यक्ति दिन थालेका हुन्।

सरकारबाट बाहिरिएसंगै खुमलटार सरेका निवर्तमान प्रधानमन्त्री प्रचण्डले दोस्रो वरियतामा रहेका पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई सहमतिमै आ(आफ्नो बाटो लाग्न चुनौती दिएका हुन्। प्रचण्ड निवासमा दुई नेताबीच केही दिन अघि भएको भेटमा उहाँले नेता श्रेष्ठलाई सल्लाहमै अलग हुने प्रस्ताव राखेको स्रोतको दाबी छ।

‘तपाईं (श्रेष्ठ) जहिल्यै पनि भागबण्डा र हिस्सेदारी खाज्ने, पार्टी निर्माणमा ध्यान नदिने, गलत कार्यको दोषारोपण नेतृत्वमाथि लगाउने, राम्रो कामको जस आफैंले लिने अब यस्तै हो भने सहमतिमै आआफ्नो बाटो लागौं।’, अध्यक्ष प्रचण्डको उक्त अभिव्यक्ति पछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कुनै प्रतिक्रिया नदिएर त्यहाँबाट बाहिरिएको बताईएको छ।

पछिल्लो समयमा माओवादीमा श्रेष्ठ नेतृत्वको पूर्वएकताकेन्द्र समूहका अधिकांश नेताहरुलाई प्रचण्डले आफ्नो पक्षमा ल्याएर उनलाई एक्ल्याएका छन्। सबैलाई आफ्नो पक्षमा ल्याउन सफल भएपछि प्रचण्ढले श्रेष्ठलाई पार्टी छाडेर गएपनि फरक नपर्ने भन्दै धम्क्याउन थालेका हुन्।

पूर्व एकताकेन्द्र समूहका उपमहासचिव रहेका गिरिराजमणि पोखरेल, सचिव लिलामणि पोखरेल र उनकी श्रीमती शशि श्रेष्ठ लगायतका नेताहरु अहिले प्रचण्डकै पक्षमा आइसकेका छन् भने अमिक शेरचनलाई प्रचण्डले दुई पटक प्रदेश प्रमुख बनाएर आफ्नो बशमा पारेको आरोप लागेको छ ।

यता श्रेष्ठ समूहका नेता कार्यकर्तालाई आफ्नो पक्षमा तानेर उनलाई एक्ल्याए पछि प्रचण्डले आफ्नो बाटो लाग्न चुनौती दिएको माओवादी स्रोतको दाबी छ। पार्टीमा आफ्नो प्रतिस्पर्धीलाई एक्ल्याएर किनाराकृत गर्ने प्रचण्डको पुरानै प्रवृत्ति हो। अहिले फेरि त्यही रणनीति अनुरुप श्रेष्ठलाई एक्ल्याएर आफ्नो एकल बर्चस्व कायम गर्ने दाउमा उनी रहेको पार्टीका कार्यकर्ताहरुले समेत आरोप लगाएका छन् ।

माओवादी पार्टीपभत्र श्रेष्ठ पछि तेस्रो वरियतामा रहेका उपाध्यक्ष कृष्णबहादुर महरा शारीरिक अस्वस्थता र यसअघि नै भ्रष्ट्रचार,बलात्कार आदी प्रकरणमा मुछिएपछि अहिले निष्कृय जस्तै बनेका छन्।पार्टीका दोस्रो तहको नेता रहेका उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनको आपसी मतभेभले एकले अर्कालाई स्वीकार गर्न नसक्ने अवस्थामा छन्।

हालसम्म नेता नारायणकाजी श्रेष्ठ कुनैपनि सार्वजनिक रुपमा दाग नलागेकाले दोस्रो वरियतामा रहेका उनको हातमा नै अब पार्टीको नेतृत्व जाने संकेत देखिएकोले पनि प्रचण्डले उनलाई पन्छाउनको लागी पार्टीबाट धकेल्न खोजेको माओवादीभित्र चर्चा चल्न थालेको छ।

प्रचण्ड र श्रेष्ठको विभाजन र सहकार्यको श्रृंखला निकै लामो समयदेखि चल्दै आइरहेको छ। मोहनबिक्रम सिंहको नेतृत्वमा २०३१ सालमा गठित चौथो महाधिवेशनको विभिन्न पदमा रहेका नेताद्वयका बीचमा सहकार्य र विभाजन हुँदै आइरहेको छ। तत्कालीन नेकपा चौम नामक एउटै पार्टीमा २०४० सालसम्म यी दुबैले सहकार्य गरेका थिए।

त्यसपछीको समयमा विभाजन हुँदै २०४८ सालमा पुनः एकीकृत भएर एउटै पार्टीमा रहेका श्रेष्ठ र प्रचण्ड जनयुद्धको विषयमा मतभेद भएपछि २०५१ सालमा फेरि अलग भएका थिए। त्यस्तै तत्कालीन एकताकेन्द्र नामक दलमा रहेका यी नेताद्वयको पूर्ववत समूहकाबीच जनयुद्धको विषयमा मतएकता हुन नसक्दा फेरि विभाजित भएको थियो।

त्यस समयमा पनि श्रेष्ठको समूहको नेतृत्व निर्मल लामाले गरेका थिए भने प्रचण्डको समूहमा उनीसहित मोहन वैद्य, बाबुराम भट्टराई लगायतका नेताहरु रहेका थिए। प्रचण्डले २०५१ सालमा एकताकेन्द्र विभाजित गरेर नेकपा माओवादी नामको दल गठन गर्दै २०५२ सालबाट जनयुद्ध थालेका थिए । उता लामा सहित श्रेष्ठ लगायतका नेताहरु नेकपा एकताकेन्द्र पुनर्गठन गरेर शान्तिपूर्ण राजनीतिमै रहेका थिए।

त्यसपछि प्रचण्डको नेतृत्वमा सुरु भएको दश वर्षे जनयुद्ध २०६३ मा शान्तिप्रक्रियामा प्रवेश गरेपछि श्रेष्ठको समूह २०६५ मा माओवादीमा समाहित भएको हो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस