आज:  | Fri, 18, Oct, 2024

बागमती प्रदेशको मन्त्रिपरिषद्लाई आजै पूर्णता दिदै मुख्यमन्त्री लामाकोे शपथ ग्रहण

९ श्रावण २०८१, बुधबार ०७:२२ मा प्रकाशित ( २ महिना अघि) २०३ पाठक संख्या
नारी बाटिका


  1. काठमाडौँ ९ साउन ।

बागमती प्रदेशमा नव नियुक्त हुनु भएका मुख्यमन्त्री बहादुरसिं लामा (तामाङ)ले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ। मुख्यमन्त्री लामाले आज बिहान ११ बजे शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

साथै मुख्यमन्त्री लामाले आजै कांग्रेसबाट सात र एमाका ६ जना साम्सद् गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले बताउनु भयो ।

जस अनुसार बागमती प्रदेश सरकारमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको टुङ्गो लागिसकेको छ। एमाले संसदीय दलले सरकारमा जाने मन्त्रीहरु सहित मन्त्रालयको टुङ्गो लगाएको संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिनु भयो।

एमालेबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रकाश श्रेष्ठ, स्वास्थ्य मन्त्रालयमा,किरण थापा, वन तथा वातावरण मन्त्रालयमा कृष्ण सिलवालल,अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालयमा,सुकमाया तामाङले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र प्रेमभक्त महर्जनले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।

एमाले र काँग्रेसबिचमा भएको मन्त्रालय भागवण्डा अनुसार कांग्रेसले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सामाजिक विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाउने भएको छ।

तर काँग्रेसको भने अझै अहिलेसम्म मन्त्रीको टुंगो लगाउन नसकेको एक स्रोतले जनाएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस