आज:  | Fri, 18, Oct, 2024

उपत्यका दरबार मार्ग क्षेत्रका अवैध संरचना ७ दिन भित्र हटाउन महानगरको निर्देशन

८ श्रावण २०८१, मंगलवार १७:२३ मा प्रकाशित ( २ महिना अघि) १५५ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ८ साउन ।

काठमाडौं महानगरपालिकाले दरबार क्षेत्रका असाधारण सम्पदाहरुलाई असर पार्ने संरचनालाई सात दिन भित्र हटाउन निर्देशन दिएको छ ।महानगरपालिकाले काठमाडौं विश्व सम्पदा क्षेत्रमा सुचीकृत ऐतिहासिक तथा पुरातात्विक सांस्कृतिक महत्व भएको काठमाडौं दरबार क्षेत्र भित्र असाधारण सम्पदाहरुलाई असर पार्ने कुनैपनि सम्रचना हटाउन निर्देशन दिएको हो ।

सो आसपासमा बनाईएको अत्यन्तै नकरात्मक असर पर्ने गरी निर्माण गरिएको अस्वाभाविक, असान्दर्भिक र अवैध संरचनाहरु ७ दिन भित्र हटाई यस महानगरपालिकालाई जानकारी दिन अनुरोध गर्दै महानगरले मंगलबार निर्देशन दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस