आज:  | Sun, 08, Sep, 2024

सरकारले निजामती कर्मचारीको तलब स्केल मिलान गर्दै

८ श्रावण २०८१, मंगलवार ०८:१२ मा प्रकाशित ( १ महिना अघि) २०९ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ८ साउन ।

निजामती कर्मचारी र सुरक्षा निकायमा कार्यरत समान पदका कर्मचारीको तलब मिलान गर्न सरकारले आन्तरिक गृहकार्य थालेको छ। सहसचिव, उपसचिव र शाखा अधिकृत तहका कर्मचारीको तलब मिलान गरी तलब वृद्धि गर्नका लागि आन्तरिक गृहकार्य थालिएको हो।

निजामती सेवा र सुरक्षा निकायमा कार्यरत समान तहका अधिकृतको तलव स्केल फरक भएपछी सो विरुद्धमा परेको रिट निवेदनको गत असार १० गते सर्वोच्च अदालतले सुरक्षा निकाय र निजामती सेवाका कर्मचारीको मर्यादाव्रmमको आधारमा कर्मचारीको तलबमान निर्धारण गर्न सरकारको नाममा परमादेश जारी गरेको थियो। यही परमादेशलाई कार्यन्वयन गर्न सरकारले निजामती कर्मचारीको तलब स्केल मिलान गर्ने गृहकार्य थालेको हो।

अर्थ मन्त्रालयका अनुसार अदालतको फैसलाका आधारमा निजामती सेवाका कर्मचारीको तलब स्केल मिलान गर्नका लागि अध्ययन भइरहेको जनाएको छ। अर्थ मन्त्रालका प्रवक्ता उत्तरकुमार खत्रीले सर्वोच्च अदालतको फैसला अनुसार निजामती कर्मचारीको तलब मिलान गर्नका लागि अहिले अध्ययन भइरहेको र कुन तहका कर्मचारीको कति तलब वृद्धि हुन्छ भनेर भन्न नसक्ने बताएका छन्।

चालु आर्थिक वर्ष २०८१।०८२ मा कर्मचारीको तलब नबढाए पनि अदालतको आदेश अनुसार शाखा अधिकृत, उपसचिव, सहसचिव स्तरका कर्मचारीको तलब मिलान गर्न लागेको अर्थले जनाएको छ। आदेश अनुसार निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीको शुरु तलबमान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवामा रहेका कर्मचारी सरह हुनुपर्ने छ।

सर्वोच्चको आदेशमा कर्मचारीको मनोबल उच्च राख्न नसकेको तथा थप अनिश्चितता सिर्जना भएकाले आर्थिक वर्ष २०८१।८२ को शुरुबाट नै सुरुको तलबमानमा आवश्यक समायोजन गरी विभेद र असमानता सम्बोधन हुनुपर्ने नै देखिन्छ।’ अहिले समान मर्यादा क्रमममा रहेका निजामती सेवाका सहसचिव तथा सो सरहका अन्य पदमाका कर्मचारी भन्दा सुरक्षा निकायका अधिकारीको तलब बढी छ ।

सहसचिव मर्यादाक्रमको १६ औँ स्थानमा छ, शुरु तलब ५६ हजार ७८७ छ तर १७ औँ नम्बरमा रहेका सहायक रथी, प्रहरी नायब महानिरीक्षक लगायतको पारिश्रमिक ६० हजार ९५० रुपैयाँ छ । आदेशअनुसार अब तलब पुनरवलोकन हुनेछ।

यस्तै समान मर्यादाक्रममा रहेका निजामती सेवाका उपसचिव वा सो सरहका कर्मचारी र प्रमुख सेनानी र प्रहरी उपरीक्षकको तलब फरक छ। उपसचिवको शुरु तलबमान ४८ हजार ७३७ रुपियाँ छ । सुरक्षा निकायमा ५२ हजार २७९ रुपियाँ छ । यस्तै निजामती सेवाका शाखा अधिकृत वा सो सरहका अन्य कर्मचारीको शुरु तलबमान ४३ हजार ६८९ रुपियाँ छ । मर्यादाव्रmममा पछि रहेका उपसेनानीको तलब ४५ हजार १०३ रुपैयाँ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस