आज:  | Sun, 08, Sep, 2024

मोटरसाइकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

७ श्रावण २०८१, सोमबार १९:५७ मा प्रकाशित ( १ महिना अघि) १५४ पाठक संख्या
नारी बाटिका


बाँके ७ साउन ।

बाँकेको बैजानाथ गाउँपालिका(६ सम्झना चोकस्थित सडकमा मोटरसाइकलको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । शोमबार बर्दियाबाट कोहलपुर तर्फ जाँदै गरेको भे.५ प ७२१ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री बैजानाथ गाउँपालिका(६ बस्ने ७० वर्षीय तिल बहादुर पुनको मृत्यु भएको हो ।

आज बिहान उक्त ठक्करबाट गम्भीर घाइते भएका पुनको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस