आज:  | Sun, 08, Sep, 2024

परराष्ट्र मन्त्रालयको सहयोगमा आइतबार बंगलादेशबाट ४२० जना विद्यार्थी नेपाल फर्किए

७ श्रावण २०८१, सोमबार ०८:०१ मा प्रकाशित ( १ महिना अघि) १६२ पाठक संख्या
नारी बाटिका


काठमाडौं७ साउन ।

अध्ययन कोटाको विषयलाई लिएर बंगलादेशमा विद्यार्थीहरले गरेको आन्दोल चर्किएपछी सुरक्षाको लागी नेपाली विद्यार्थीहरु स्वदेश फर्कने क्रम सुरु भएको छ ।

विद्यार्थीहरु आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थीहरु मध्ये आईतबार मात्रै चार सय २० जना स्वदेश फर्किएका हुन्। उनीहरु शोमबार हवाईमार्गबाट एक सय १५ जना र बाँकी तीन सय पाँच जना काँकडभिट्टा नाका भएर नेपाली विद्यार्थी स्वदेश फर्किएका अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौलाले जानकारी दिए।

हिजो बिहान ११ः३० बजे ५७ जना नेपाली विद्यार्थी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। उनीहरुलाई परराष्ट्र मन्त्रालयका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए। यसैगरी परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहने विद्यार्थीको सहजीकरण गरिरहेको छ।

मन्त्रालयले बंगलादेशको राजधानी ढाकास्थित नेपाली दूतावासका अधिकारीहरुलाई नेपाली विद्यार्थीको सुरक्षित वातावरण तथा नेपाल फर्कन चाहनेका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको छ।

नव परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बंगलादेशमा भएको पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि मन्त्रालयमा ‘हेल्प डेस्क’स्थापना गर्नका लागी ढाकास्थित नेपाली दूतावाससँग आवश्यक समन्वय गर्न निर्देशन दिनु भएको छ।

परराष्ट्रमन्त्री डा राणा आफैँले ढाकास्थित नेपाली राजदूतावाससँग निरन्तर सम्पर्कमा रही त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपाली नागरिक कुनै समस्यामा परेका भए नेपालीको सहजताका लागि समन्वय गर्न र स्वदेश आउन चाहनेहरुका लागि आवश्यक वातावरण मिलाउन पनि निर्देशन दिनु भएको छ।

त्यसैगरी परराष्ट्र मन्त्रालयले शनिबार नै एक सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सुरक्षा गर्न आवश्यक सम्पर्क व्यक्तिसहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको थियो ।

त्यस्तै समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवं आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस