आज:  | Sun, 08, Sep, 2024

एमालेको तर्फबाट लुम्बिनी प्रदेशमा आज नयाँ मुख्यमन्त्री बनाईदैछ,बागमतीमा भोलि हुने

७ श्रावण २०८१, सोमबार ०७:४२ मा प्रकाशित ( १ महिना अघि) १५८ पाठक संख्या
नारी बाटिका


काठमाडौं ७ साउन ।

नेकपा एमालेको तर्फबाट लुम्बिनी प्रदेशमा आज नयाँ मुख्यमन्त्री बनाईदैछ । माओवादी केन्द्र पक्षका मुख्यमन्त्री जोखबहादुर महराले हिजो (आईतबार राजीनामा दिएपछि लुम्बिनी प्रदेशको संसदीय दलका नेता लीला गिरी नयाँ मुख्यमन्त्री बन्ने भएका हुन्।

एमालेका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्तिको लागि कांग्रेस र एमालेले संयुक्त रूपमा दाबी पेस गर्ने तयारी गरेका छन्। काँग्रेस एमालेमा भएको सहमति अनुसार एमालेको भागमा लुम्म्विनीका मुख्यमन्त्री परेसँगै गिरीलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले जानकारी दिएका छन् ।

लुम्बिनी प्रदेशका अमिक शेरचनले नयाँ सरकार गठनका लागि दलहरूलाई आज साँझ ६ः३० बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरिसकेका छन्। यसैगरी भोली मंगलबार बागमती प्रदेशमा पनि नयाँ सरकार बन्दैछ । वागमती प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट नेता बहादुरसिंह लामालाई मुख्यमन्त्री बनाउने तयारी भएको छ । यसका लागी आज कांग्रेसबाट संसदीय दलका नेता लामाले सरकारमा दाबी पेस गर्ने तयारी गरेको छ।

एमालेका समर्थनबाट केन्द्रमा बनेको आफ्ना पाटीका अध्यक्ष प्रचन्डको नेतृत्वको सरकार ढलेसंगै माओवादीका नेता बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिनु भएको थियो। आईतबार प्रदेशसभा बैठकमा राजीनामा घोषणा गर्नु भएका मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा बुझाउनु भएको थियो।

जम्कट्टेलको राजीनामा आएसँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माले साउन ८ गते ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका छन्। त्यसपछी नेता लामाले एमाले र कांग्रेसको समर्थनबाट सरकारमा दाबी पेस गर्नेछन्। लामाको नियुक्ति भने भोलि साँझ ५ बजेपछि मात्रै हुने भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस