आज:  | Sun, 08, Sep, 2024

प्रधानमन्त्री नियुक्ति विरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

६ श्रावण २०८१, आईतवार १८:०० मा प्रकाशित ( १ महिना अघि) १८८ पाठक संख्या
नारी बाटिका


काठमाडौं ६ साउन  ।

आज सर्वोच्च अदालतले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (२) बमोजिम अवैधानिक प्रधानमन्त्री नियुक्त गरिएको भन्दै परेको रिटको टुंगो संवैधानिक परिषद्‌बाट हनपर्ने आदेश गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको आईतबार इजलासले प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्ने रिटको टुंगो संवैधानिक इजलासबाट गर्नुपर्ने आदेश दिनु भएको हो ।

न्यायाधीश ढकालको इजलासले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र त्यसविरुद्ध परेको रिटमा गम्भीर संवैधानिक व्याख्याको अवस्था रहेको उल्लेख गरिएको छ । ‘त्यसैगरी उक्त रिट निवेदनमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न सन्निहित रहेको र सोको निरुपण पनि संवैधानिक इजलासबाट हुनुपर्ने प्रकृतिको देखिएकोले सो रिटलाई संवैधानिक इजलासमा पठाउन आदेश गरिएको हो ।

ओलीलाई नेपालको संविधानको धारा ७६ (२)अनुसार प्रधानमन्त्रीमा नियुक्ती गरिएको संविधान विपरीत भएको भन्दै अधिवक्तात्रय दीपक अधिकारी, खगेन्द्रकुमार चापागाईं र शैलेन्द्रकुमार गुप्ताले असार ३१ गते रिट दायर गरेका थिए ।

साथै उक्त रिटमा राष्ट्रपति तथा राष्ट्रपतिको कार्यालय, कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा तथा कांग्रेस संसदीय दलको कार्यालय,,एमाले संसदीय दलका नेता केपी शर्मा ओली तथा संसदीय दलको कार्यालय र प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालयलाई विपक्षी बनाई रिटदायर गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस