आज:  | Sun, 08, Sep, 2024

आज गुरु पूर्णिमा आफूलाई शिक्षा र सद्मार्गमा हिड्न सिकाउने गुरुप्रति श्रद्धाभाव प्रकट

६ श्रावण २०८१, आईतवार १२:०६ मा प्रकाशित ( १ महिना अघि) १९५ पाठक संख्या
नारी बाटिका


काठमाडौं ६ साउन ।

आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाईन्छ । धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि मनाईँदै आएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु मानिन्छ । यिनै गुरुलाई हाम्रो शास्त्रले ब्रहृमा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । ब्रहृमा, विष्णु र महेश्वरले समाधान गर्न नसकेको समस्यालाई गुरुले समाधान गर्न सक्छन् भन्ने शास्त्रीय तथा धार्मिक मान्यता छ ।

मता–पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा आज विद्यालय एवं विभिन्न साहित्यक संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गर्दछन् ।

विद्या तत्व प्रदान गर्ने र व्यक्तिलाई गुण सम्पन्न बनाउने व्यक्ति नै गुरु हुन् । कुनै पनि ज्ञान शिल्प कला सिक्न विना गुरु सम्भव हुँदैन । त्यसैले व्यक्तिलाई सम्पन्न बनाएर जीवन यात्रामा सफल बनाउन सबैको आधार नै गुरु मानिन्छ । ती गुरु पनि विद्यारूपी सम्पत्तिकै कारण स्तूत्य बनेका हुन् ।

आजै वेदलाई ऋगवेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरीएको छ । यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नु हुने वेदव्यासको सम्झनामा आजको गुरु पुर्णिमालाई व्यास जयन्तीका रुपमा पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएकाले आजैका दिन व्यासजयन्ती मनाउने गरिएको हो ।

व्यासले पुराण र उपपुराणका माध्यमबाट ‘परोपकार पुण्याय, पापाय परपीडनम्’ अर्थात् अरूको उपकार गरे धर्म हुन्छ एवं अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश बताउनु भएको थियो ।

महान् गुरु व्यासका पिताको नाम परासर ऋषि र माताको नाम सत्यवती थियो । उहाँले ब्रहृमचर्यमा रहेर जीवन बिताउनु भएको थियो । व्यास अष्ट चिरञ्जीविमध्ये एक हुनुहुन्छ । उहाँकै नामसँग गाँसिएको र उहाँले तपस्या गर्नु भएको गुफा(व्यास गुफा अहिले पनि तनहुँ जिल्लामा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस