आज:  | Fri, 18, Oct, 2024

बंगलादेशमा आन्दोलन चर्किएपछी त्यहाँ अध्ययनरत १७ जना विद्यार्थी आज नेपाल फर्कँदै

६ श्रावण २०८१, आईतवार ०७:४३ मा प्रकाशित ( २ महिना अघि) १४२ पाठक संख्या
नारी बाटिका


काठमाडौं – ६ साउन ।

केही दिनदेखी बंगलादेशमा आन्दोलन चर्किदै गएपछी त्यहाँ अध्ययनरत १७ जना नेपाली विद्यार्थी आज नेपाल फर्कँदै छन् । पछिल्लो समयमा बंगलादेशमा भैईरहेको आन्दोलमा १ सयभन्दा बढी विद्यार्थीको मृत्यु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौं ल्याइने बताएका छन्।

सोही कारण त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीका सम्बन्धित परिवारको माग बमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको बताएका हुन्।

“बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनमा त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् । विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो। परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको छ।” प्रधानमन्त्री ओलीले शनिबार राति सामाजिक सञ्जालमा लेख्नु भएको छ।

त्यसैगरी नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि पनि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि प्रधानमन्त्री ओलीले उल्लेख गर्नु भयो । बङ्गलादेशमा सरकारी सेवा प्रवेशमा निर्धारित गरिएको आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन्। करिब तीन हजार नेपाली विद्यार्थी बङ्गलादेशमा अध्ययनरत रहेका ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस