आज:  | Sun, 08, Sep, 2024

तेल बोकेको ट्याङ्कर र बस एक आपसमा ठोक्किँदा १६ जना घाइते

५ श्रावण २०८१, शनिबार १९:३८ मा प्रकाशित ( १ महिना अघि) १३४ पाठक संख्या
नारी बाटिका


चितवन – ५ साउन ।

आज भरतपुर महानगरपालिका २९ स्थित नारायणगढ मुग्लिङ सडकखण्डमा तेलको ट्याङ्कर र बस एक आपसमा ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन् ।
शनिबार अपराह्न अ.३ बजेको समयमा सो सडकखण्डको भतेरी भन्ने स्थानमा बस र तेलको ट्याङ्कर एक आपसमा ठोक्किएर १६ जना घाईते भएको प्रहरीले जनाएको छ ।

आज दिउँसो नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस, सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल ट्याङ्करको पछाडि ठोक्किँदा दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुरमा पठाइएको प्रहरीले जनाएको छ । साथै घटना बारे थप विवरण अउन बाँकी रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस