आज:  | Sun, 08, Sep, 2024

प्रसिद्ध दोलखा जिल्लामा अवस्थित भीमेश्वरको शिलामा पसिना

५ श्रावण २०८१, शनिबार १७:४७ मा प्रकाशित ( १ महिना अघि) १९८ पाठक संख्या
नारी बाटिका


दोलखा – ५ साउन ।

शक्तिशाली एव्ं प्रसिद्ध दोलखा जिल्लामा अवस्थित भीमेश्वर मन्दिरको शिलामा फेरी पसिना आएको छ । आज दिउँसो १ः४७ बजेदेखी शीलाको बाँयापट्टी पसिना आउन सुरु भई ३ः५१ बजे रोकिएको थियो । आज (शनिवार) दिउँसो दुुई घण्टा पसिना आएको छ । देशमा कुनै अप्रिय घटना घ६्नु छ भने दोलखाको भीमेश्वर मन्दीरको मुर्तीमा पसिना आउँछ भन्ने जन विस्वास रहेको छ ।

यसरी आजफेरी भिमेश्वर मुर्ती(शिला)मा पसिना आएपछि ठूलो संख्यामा स्थानीय भक्तजनहरु भेला भएका थिए । उनीहरुले ठूलो आवाजमा घण्टा, नगरा बजाएका थिए भने मन्दिरका पुजारी तथा समितिका मानिसले शीलाको पसिना कपासले पुछेका थिए । त्यसैगरी परम्परा अनुसार तान्त्रिक विधिबाट शिलामा पूजा आरधना समेत गरिएको मन्दीर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

शिलामा पसिना आएपछि तान्त्रिक विधिबाट पूजा नगरी पसिना रोकिँदैन भन्ने पुरानौ जनविश्वास रहेको छ । शनिवार पनि भीमेश्वर मन्दिरमा तान्त्रिक विधिबाट पूजा गरेपछि पसिना आउन रोकिएको थियो । परापुर्व कालदेखी तथ्य मानिएको भीमेश्वरको शिलामा दायाँ पट्टी पसिना आउँदा राष्ट्रप्रमुखलाई असर गर्ने र बाँया पट्टी पसिना आउँदा जनतालाई असर गर्ने जनविश्वास रहदै आएको छ ।

शिलामा पसिना आउँदा शुभ या अशुभ दुबै खाले प्रभाव पर्न सक्ने स्थानीय जेष्ठ नागरिकहरुको भनाई छ । शिलामा आएको पसिना पुछेको कपास साथमा राख्दा रोगव्याधी नलाग्ने, यात्रा सफल हुने, मनोकाङ्क्षा पुरा हुने जनविश्वास पनि रहेको छ । त्यसैगरी शिलामा पसिना आएपछि उक्त पसिना पुछेको कपास राष्ट्र प्रमुखकोमा पठाउने र राष्ट्रप्रमुखको तर्फबाट क्षमापुजा गर्ने प्रचलन समेत रहेको छ ।

दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर २ दोलखा बजारमा रहेको प्रसिद्ध भीमेश्वरको शिलामा अहिलेसम्म २१ पटक पसिना आईसकेको स्थानियवासीको भनाई छ । पछिल्लो पटक २०७८ बैशाख २५ गते भीमेश्वरको शिलामा पसिना आएको समितिका अध्यक्ष भरत श्रेष्ठले बताए ।

त्यसअघि भीमेश्वरको शिलामा १९९०, २००७, २०२८, २०४५, २०६३, २०७१, २०७४ मा पनि यसैगरी पसिना आएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस