आज:  | Sun, 08, Sep, 2024

मनसुनी वायुको प्रभावका कारण हाल देशभर वदली र आज यी क्षेत्रमा भारी वर्षा हुने सम्भावना

५ श्रावण २०८१, शनिबार ०८:२७ मा प्रकाशित ( १ महिना अघि) १०६ पाठक संख्या
नारी बाटिका


काठमाडौं – ५ साउन ।

मनसुनी वायुको प्रभावका कारण हाल देशभर हल्कादेखी भारी वर्षा भैरहेको छ । आज विहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । अहिले कोशी, बागमती, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

यसैगरी शनिबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र मधेश प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिन जारी गरेको छ ।

त्यसैगरीमहाशाखाका अनुसार आज दिउँसो भारी वर्षाको सम्भावना नरहेको जानकारी दिएको छ। राति भने कोशी,बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाको बुलेटिनमा उल्लेख छ।

मध्यम र वर्षाको सम्भावना रहेको क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा त्यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस