आज:  | Sun, 08, Sep, 2024

महानगरपालिकाका वासीले न्यूरोडमा मेयर बालेनको पुत्ला दहन

५ श्रावण २०८१, शनिबार ०७:२३ मा प्रकाशित ( १ महिना अघि) १२४ पाठक संख्या
नारी बाटिका


काठमाडौं – ५ साउन ।

काठमाडौँ महानगरपालिकाका वासीले मेयर बालेनको विरुद्धमा न्यूरोडमा पुत्ला जलाइएका छन् । मेयर शाहले उपत्यकालाई सुन्दर शहर बनाउन केही समयदेखी न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विषयमा विवाद भएपछि स्थानीयवासीले सुक्रबार मेयर शाहको पुत्ला जलाएका हुन् ।

महानगरपालिकामा जनघनत्वले मिचिएको सार्वजनिक जग्गा,सडक पेटी लगायतलाई हटायर व्यवस्थित गर्न लागिएको छ । पाकिङलाई व्यवस्थित गर्न मेयर बालेन्द्र साहको योजनामा अघि बढिरहेको फुटपाथ विस्तारविरुद्ध वडाअध्यक्ष सहितका जनप्रतिनिधिहरू प्रतिकारमा उत्रिएका हुन् । उनीहरुले शुक्रबार साँझ महानगरपालिकाका मेयर शाहको न्यूरोडमा पुत्ला जलाएका थिए ।

शुक्रकार दिउँसो महानगरपालिकाले फुटपाथ विस्तारका लागि डोजर पठाएपछि सो को विरोधमा उत्रिएका स्थानीयबासी र नगर प्रहरीबीच धकेलाधकेल समेत विवादको अवस्था सिर्जना भएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस