आज:  | Sun, 08, Sep, 2024

केन्द्रको २५ औं साधारण सभा तथा नवनियुक्त कृषी मन्त्री अधिकारीलाई सम्मान तथा वधाई कार्यक्रम

४ श्रावण २०८१, शुक्रबार १८:४१ मा प्रकाशित ( १ महिना अघि) २६३ पाठक संख्या
नारी बाटिका



बिबियु, नारी वाटिका संवाददाता

धादिङ – ४ साउन ।

नारी जागरण केन्द्र (एनजेके धादिङको आज २५औं साधारण सभा कृषी,पशुपन्छी तथा विकास मन्त्र रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्मन्न गरेको छ ।

सोही अवसरमा केन्द्रले नेपाल सरकारका नवनियुक्त कृषी, मन्त्री माननीय अधिकारीलाई वधाई तथा शुभकामना प्रदान गरेको छ । लामो समयदेखी जिल्लामा महिला बालबालिकाको क्षेत्रमा राम्रो काम गर्दै आईरहेको केन्द्रले सामान्य किसानको परिवारमा जन्मिएर नेपाल सरकारमा धादिङबा  प्रतिनिधित्व गर्नु भएका मन्त्री अधिकारीलाई वधाई तथा सम्मानपत्र प्रदान गरिएको हो ।

नवनियुक्त कृषीमन्त्री अधिकारीको प्रमुख आतिथ्यता तथा केन्द्रका अध्यक्ष चित्रकुमारी भण्डारीको अध्यक्षतामा केन्द्रद्वारा आयोजित सभामा जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमख एवं् प्रहरी उपरिक्षक गौतम कुमार केसीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमलाई संवोधन गर्नु हुदै मन्त्री अधिकारीले नारी जागरण केन्द्रले धादिङमा निकै लामो समयदेखी महिला बालबालिकाको क्षेत्रमा राम्रो काम गरिरहेको बताउनु भयो ।

उहाँले आफु सामान्य किसानीको छोरा लामो समयदेखी धादिङका नागरिकका हितमा काम गरिरहेको र हालै नेपाल सरकारले आफुलाई कृषी,पशुपन्छी विकास मन्त्रालय जस्तो जिम्मेवार मन्त्रीको जिम्मेवारी दिएकोले आफुले देशभरका कृषक पेशा र किसानका हितमा सक्दो काम गर्ने बताउनु भएको छ । त्यस्तै उहाँले यसअघि नागरिकता विना किसानी प्राप्त गर्न नसकीरहेको मलका सवाल, पशु विमा कार्यक्रम,विषादी रहित उत्पादन गर्न किसानीलाई प्रोत्साहन गर्न तर्फ आफ्नो लक्ष रहेको बताउनु भएको छ ।


साृही कार्यक्रमकै अवसरमा केन्द्रका कार्यकारी निर्देशक  भगवती उप्रेतीले केन्द्रले आर्थिक वर्ष २०८०।०८१ मा सम्पन्न गरेका कार्य प्रगती प्रतिवेदन,गत आव कै आर्थिक लेखा परिक्षण प्रतिवेदन संस्था आगमी वर्षको लागी निति,कार्यक्रम र बजेट प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा केन्द्रका समुदाय स्तरिय समुहका प्रतिनिधिहरु,केन्द्रका पदाधिकारी,आजिवन सदस्य,सहकर्मी संस्था नारी विकास सहकारीका प्रतिनिधी,निलकण्ठ नगरपालिका १३ का निर्बाचित महिला सदस्य एलिना राई गुरुङ, नि.न.पा.७ की निर्बाचित महिला सदस्य तथा निलकण्ठ नगरपालिकाका सामाजिक विकास संयोजक मन्जु मगर केन्द्रका कर्मचारीहरु लगायतको सहभगिता रहेको थियो ।

पुर्व अध्यक्ष एवं् केन्द्रका कार्यकारी निर्देशक भगवती उप्रेतीले कार्यक्रम संन्चालन गर्नु भएको थियो भने केन्द्रका सदस्य प्रमिला घिमिरेबाट स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । पछिल्लो समयमा दातृ निकायहरुको सहयोग बिना गैरसरकारी संघ संस्था(एनजीओ)हरुले बिकास निर्माण लगायतका क्षेत्रमा केही काम गर्न सक्दैनन् भन्ने चुनौतीलाई चिर्दै केन्द्रले स्थानिय स्रोत साधान परिचालन तथा नेपाल सरकार सामाजिक विकास मन्त्रालय,स्थानीय सरकारहरुविच सहकार्य गर्दै धादिङको बिकासमा उल्लेखनिय कार्य गर्दै जिल्लामा राम्रो काम गर्ने संस्थाको रुपमा परिचित हुदै आईरहेको छ ।

विषेश गरी केन्द्र समुह र सहकारीहरु निर्माण गरी लैंगिक हिंसा नियन्त्रणको लागी तालिम,गोष्ठी,भ्रमण,तथा मुख्यतया महिला समुहमा सहुलियत कर्जा परिचालन गरी बाख्रापालन,कुखुरा पालन,तरकारी खेती,कस्मेट्रिक पसल,टेलरिङ लगायतका क्षेत्रमा ब्यवशाय संन्चालनमा सहयोग गर्दै आएको छ ।

साथै केन्द्रका कोषाध्यक्ष तथा लेखापाल बाट आर्थिक वर्ष २०७९।०८०को वर्षभरीको आय व्यय, बिवरण, प्राप्ती तथा भुक्तानी विवरण, कार्य समितिको निर्णय तथा विधानमा आधारित भई मुलभुत रुपम लेखापालनको सर्व स्वीकृत सामान्य सिद्धान्त अनुसार आर्थिक कारोबारका अभिलेखहरु नियम बमोजिम गर्दै आईरहेको छ ।

साथै पछिल्लो समयमा नेपाली समाजमा तिज आउनु करिव २ महिनाअघिदेखी भड्किलो पाराले तिज मनाउने प्रचलन बढ्दै गएकोले यसो गर्नुमा नेपाली नारीहरुको पहिचानमाथी आँच आउने भएकोले नारी विशेष चाडपर्वलाई मर्यादित र सांँस्कृतिक पर्वको रुपमा लिनको सबै नेपाली नारीमा आग्रह समेत गरिएको छ । 

नारी जागरण केन्द्र धादिङकी अध्यक्ष चित्रकुमारी भण्डारीको अध्यक्षता सम्पन्न हुने कार्यक्रममा केन्द्रका आजिवन सदस्यहरु, साधारण सदस्यहरु, नारी विकास सहकारीका कार्यसमितिका सदस्य तथा विभिन्न उपसमितिका सदस्यहरु,पत्रकारहरु,विभिन्न क्षेत्रका अतिथीहरुको आतिथ्यता रहने भएको छ ।

साथै केन्द्रले जिल्लामा ४४ समुह र ३ महिला सहकारीको निर्माण गरी समुदायमा कृर्षी,खानेपानी,सिंचाईँ,पशुपालन,तरकारी खेती,बाख्रा पालन,सिपमुलक ब्यवशाय, संन्चालन भैइरहेको छ भने केन्द्र अन्तर्रगतका सहकारीहरु मध्य नारी बिकास सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा यही साउन १२ गते शनिबारका दिन धादिङको विपि स्मृर्ती भवनमा हुन गैईरहेकोले सुचना तथा जानकारी गराईएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस