आज:  | Mon, 23, Dec, 2024

सिमलताल दुर्घटनाका दुई शव भारतमा फेला पार्‍यो

४ श्रावण २०८१, शुक्रबार १५:०२ मा प्रकाशित ( ५ महिना अघि) ४५३ पटक पढिएको
नारी बाटिका


काठमाडौं ४ साउन ।

सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका २ जना यात्रुको शव आज भारतीय भूमिमा फेला परेको छ । सुक्रबार भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनु भयो ।

यसैगरी अहिलेसम्ममा २३ जनाको शव फेला परेको डिएसपी थापाले जानकारी दिनु भयो। बिहीबार र शुक्रबार भारतको पश्चिम चम्पारण बगाहामा दुई वटा शव फेला परेको उहाँले बताउन् भयो ।

जिल्ला प्रशासन कार्यालय चितवनले भारतीय डिस्ट्रिक्ट म्याजिस्ट्रेटलाई समन्वय र सहजीकरणका लागि अनुरोध गरेको थियो।

अहिलेसम्म फेला परेको २३ शवमध्ये जम्मा १४ शवको सनाखत भएको छ भने अझै ८ जना पुरूष र एक जना महिलाको सनाखत हुन बाँकी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस