आज:  | Sun, 08, Sep, 2024

सिमलताल दुर्घटना अउडेट : बिहिबारसम्म २० शव भेटियो, बस भने अझै भेटिएन

४ श्रावण २०८१, शुक्रबार ०७:१९ मा प्रकाशित ( १ महिना अघि) ११५ पाठक संख्या
नारी बाटिका


चितवन ४ साउन ।

एक हप्ताअघि सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका यात्रुहरु मध्य २० जनाको शव फेला परेको छ । बिहीबार भरतपुर महानगरपालिका २६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा एक पुरुषको शव फेला परेको चितवन प्रहरीले जनाएको छ । उक्त शवको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

साथै शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ । यससँगै बिहिबार वेलुकीसम्म भेटिएको शवको संख्या २० पुगेको छ । जसमा १८ जना पुरुष र २ जना महिला रहेका छन् । बिहिबारसम्म १४ जनाको मात्रै सनाखत भएको छ । ४ जना भारतीय नागरिक रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

ग्एको बिहिबार राति करिव साँडे ३ बजेतिर काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको दुई बस भरतपुर महानगरपालिका–२९ सिमलतालको पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका थिए ।

उक्त बसमा ६५ यात्रु रहेकोमा ३ जना भने बसलाई पहिरोले बगाउँदै गरेको थाहा पाई बसको झ्यालबाट हाम फालेर बाँच्न सफल भएका थिए । हालसम्म दुईवटै बसमा सवार ४२ जना यात्रुहरु र बसको अवस्था अज्ञात रहेको छ । त्रिशुली नदीमा बेपत्ता भएका दुवै बसको नेपाली सेना र सशस्त्रका गोताखोरले खोजी रहेपनि हलसम्म फेला पार्न सकिएको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस