आज:  | Sun, 08, Sep, 2024

सरकारलाई उचित सल्लाह दिन नियुक्त हुनु भएका महान्यायाधिवक्ता बडालद्वारा पदभार ग्रहण

३ श्रावण २०८१, बिहीबार १७:५७ मा प्रकाशित ( १ महिना अघि) १४८ पाठक संख्या
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

काठमाडौं ३ साउन ।

नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले आजदेखी पदभार सम्हाल्नु भएको छ । बिहीबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिनु भएपछी महान्यायाधिवक्ताको कार्यालय पुगेर उहाँले जिम्मेवारी सम्हाल्नु भएको हो ।

बिहिबार प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उहाँलाई शपथ गराउनु भएको थियो । पदभार ग्रहण गर्दै बडालले संविधानले निर्धारण गरेको दायरा अनुसार आफूले काम गर्ने बताउनु भएको छ ।

सरकारलाई आवश्यकता अनुसारको उचित सल्लाह दिँदै सरकारविरुद्ध परेका मुद्दाहरूको प्रतिरक्षा गर्ने कामलाई आफूले प्रभावकारी रूपमा अघि बढाउने बडालले बताउनु भयो । कुनै पनि घटनाबाट प्रभावित भएका व्यक्तिहरूलाई न्याय दिने कामलाइ उचित ढंगले अघि बढाउने पनि उहाँको प्रतिबद्धता रहेको छ ।

वरिष्ठ अधिवक्ता बडाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार महान्यायाधिवक्तामा नियुक्त गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस