आज:  | Sun, 08, Sep, 2024

भर्खरै झापामा तीन घण्टासम् उच्च वर्षा, सतर्क रहन मौसम विद्को सुझाव

३ श्रावण २०८१, बिहीबार ०८:१८ मा प्रकाशित ( १ महिना अघि) १६६ पाठक संख्या
नारी बाटिका


काठमाडौं ३ साउन ।

झापामा अहिले भर्खरै अत्यधिक वर्षा भएको छ। झापाको शनिश्चरेस्थितमा पछिल्लो ३ घण्टामै १०० मिलिमिटर भन्दा बढी वर्षा भएको मापन भएको छ ।
यसैगरी सो क्षेत्र आसपासमा पनि भारी वर्षा भएकाले बिरिङ, अधुवा र अन्य साना खोलाका आसपास बस्नेहरूलाई ​सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार मेची जलाधार क्षेत्रको निन्दा खोलाको बाढीले खतराको तह पार गरेपछि संकेत स्वरूप साइरन बजाइएको थियो।
यस्तै गएराति डोटी र सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा पनि भारी वर्षा मापन भएको छ । सिन्धुपाल्चोकको मानेखर्क लगायतका स्थानमा ६० मिलिमिटरसम्म वर्षा भएको छ महाशाखाले जनाएको छ।

त्यस्तै डोटी जिल्लामा पनि ५४.८ मिलिमिटिर वर्षा भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस