आज:  | Sun, 08, Sep, 2024

चितवनबाट वीरगन्ज जाँदै गरेको बस दुर्घटना हुंदा ११ जना घाइते

१ श्रावण २०८१, मंगलवार १७:२४ मा प्रकाशित ( १ महिना अघि) १११ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १ साउन ।

मंगलबार चितवनबाट वीरगन्ज तर्फ जाँदै गरेको बस दुर्घटना हुंदा ११ जना घाईते भएका छन्। आज बिहान पर्साको वीरगन्ज जाँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस बाराको सिमराजितपुर उपमहानगरपालिकास्थित परवानीपुरमा पल्टिएको थियो ।

उक्त बस दुर्घटना हुंदा बसमा सवार ११ जना यात्रुहरु घाईते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रारम्भिक जानकारी अनुसार दुर्घटना बारे थप अनुसन्धान भईरहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बारा प्रहरीले जनएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस