आज:  | Sun, 08, Sep, 2024

एसइई नतिजामा चरम लापरबाहीले धेरै विद्यार्थी फेल भएको पुष्टी पुनर्योगमा ४ जिपिए ल्याए

१ श्रावण २०८१, मंगलवार १९:०६ मा प्रकाशित ( १ महिना अघि) २०१ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १ साउन ।

एसइई नतिजामा चरम लापरबाही गरिएकाले धेरै विद्यार्थी फेल भएको फेला परेको छ । स् राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय (पनिका))कक्षा १०ले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तरपुस्तिका जाच्ने क्रममा गम्भीर लापरबाही गरेको फेला परेको हो। पनिकाले पुनर्योग (रिटोटलिङ)को नतिजा सार्वजनिक गरेपछि गम्भीर लापरबाही भएको पुष्टी हुन आएको हो।

विद्यार्थीहरुले नतिजामा चित्त नबुझे पुनर्योग गराउन पाइने व्यवस्था अनुसार पुनर्योग गराएका थिए। जस अनुसार पनिकाले २०८० सालको नियमित तथा ग्रेड वृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरूले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहेमा अनलाइन फाराम भरी असार ३१ गते सम्ममा निवेदन दिन आग्रह गरिएको थियो।

सोही क्रममा करिब १८ हजार विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएको परीक्षा बोर्ड पनिकाले जनाएको छ। विद्यार्थीहरूको रिटोटलिङ नतिजा सार्वजनिक भएको छ। परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले रिटोटलिङको नतिजा सार्वजनिक गरेलगतै ननग्रेडेड अर्थात् फेल भएकाहरू चार जिपिए ल्याएर पास भएका छन्। कसैको सी प्लसको नतिजा परिवर्तन भएर बी प्लस आएको छ। ०२२०१५८७ सिम्बोल नम्बरका विद्यार्थी ननग्रेडेड भएका थिए। तर,रिटोटलिङ गरेपछी सो परिवर्तन भई चार जिपिए आएको हो।

हिजो (सोमबार) सार्वजनिक भएको रिटोटलिङ नतिजामा ३ हजार एक सय ८६ जनाको रिटोटलिङको नतिजा आएको छ। जसमा ८२३००४७ सिम्बोल नम्बर भएका विद्यार्थीको नतिजा एनजी भएकोमा परिवर्तन भई सी प्लस आएको थियो। त्येसैगरी ०४९०४६४२ सिम्बोल नम्बरको बी आएकोमा परिवर्तन भएर चार जिपिए आएको छ।

जसमा सयौं विद्यार्थीहरूको रिटोटलिङपछी ग्रेड परिवर्तन भएर आएको छ। अर्को अचम्मको कुरा त पनिकाले केही दिन अघिदेखि सार्वजनिक गरेको अन्य रिटोटलिङ नतिजामा पनि सयौं विद्यार्थीहरूको नतिजा परिवर्तन भएर आएके छ। सुन्दर भविश्यको कल्पनामा माद्यामिक शिक्षाको बाटो कुरिरहेका विद्यार्थीको जीवन माथि खेलवाड गर्ने, कपी जाँच गर्नेहरुलाई कडा कारबाही हुनुपर्ने आवाज उठेको छ ।

‘यसअघि पनि विगत वर्षमा एक सयदेखी पाँच सय विद्यार्थीहरूको रिटोटलिङमा परिवर्तन भएर आउने गरेको थियो । उत्तरपुस्तिका नै पुनस् परीक्षण गरे कति गल्ती देखिन्छ होला ? जस्ता प्रश्न उठ्न थालेका छन् । ‘यसरी सधैं परिवर्तन भएर आउनु भनेको परीक्षा तथा कपी जाँच प्रणालीमा समेत लापरबाही छ,जिम्मेवार भएर काम गरेनन्।’कुनै त्रुटि नगरी संवेदनशील भएर परीक्षकहरूले उत्तरपुस्तिका परीक्षण गरेमा रिटोटलिङमा कुनै पनि विद्यार्थीहरूको ग्रेड परिवर्तन नहुने शक्षा विद्को भनाई छ।

‘तर प्रत्येक वर्ष परिवर्तन भएर आउनुले परीक्षक लगायत कर्मचारीहरूको गम्भीर लापरबाही हो,यसरी विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्न पाइँदैन, तर पनिकाले भने स् अंक मात्रै परिवर्तन भएको हो भनेर पन्छिन खोजिरहेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उपनियन्त्रक भक्त गोदारले भने फेल भएका विद्यार्थी पास हुनेगरी पुनर्योगमा नतिजा परिवर्तन नभएको दाबी गरेका छन् ।

उनका अनुसार,‘रिटोटलिङ गर्दा फेल भएकाहरु पास हुँदैनन् र भएका पनि छैनन्,केही अंकमा तलमाथि हुने हो।’राष्ट्रिय परीक्षा बोर्डले एसइई नतिजा असार १३ गते सार्वजनिक गरेको थियो। सरकारले नयाँ लेटरग्रेडिङ निर्देशिका लागू गर्दा परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये करिब ४८ प्रतिशत विद्यार्थी मात्रै पास भएका हुन्। यसरी ५२ प्रतिशतले २ लाख ४२ हजार ३१३ जना फेल (एनजी) भएका थिए। उनीहरूले साउन २३ गतेदेखि ३१ गतेसम्म मौका परीक्षा दिने तयारी गरिरहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस