आज:  | Sun, 08, Sep, 2024

गृहमन्त्रीको पहिलो निर्णय स्सिमल. घटनाको अध्ययन गर्न कार्यदल

३२ असार २०८१, सोमबार १९:४१ मा प्रकाशित ( १ महिना अघि) १८४ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ३१ असार।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा यलीको नेतृत्वमा बनेको समिकरणको सरकारका नवनियुक्त गृहमन्त्री रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्ने बताउुनु भएको छ । चितवनको सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गर्ने पहिलो निर्णय गर्नु भएको हो। लेखक गृह्रमन्त्री भएलगत्तै मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गर्नु भयो।

कार्यदलमा ३ सुरक्षा निकायका प्रतिनिधि र भौतिक मन्त्रालयका प्रतिनिधि रहने छन्। कार्यदललाई १० दिन समय दिइएको गृह मन्त्रालयले जनाएको छ।
गत शुक्रबार चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने सिमलतालमा पहिरोसँगै दुई वटा बस पहिरोमा परी त्रिशुली नदीमा बेपत्ता भई रहेका छन्।

तालिम प्राप्त प्राविधिक सुरक्षाका टोलिले निकै मेहनतका साथै खोजी गरिरहेका छन् । तर अहिलेसम्म बसका १३ यात्रु फेला पारिए पनि अझै ४९ जना यात्रु र बसको अवस्था अज्ञात नै छ। उहाँले पदभार ग्रहण गर्दै मन्त्री लेखकले तत्काल गर्नुपर्ने काम भनेको प्राकृतिक प्रकोपका कारण जनधनको क्षति न्यूनीकरण र आवश्यक सम्बोधन गर्नु पर्ने बताउनु भयो ।

त्यस्तै गृह्रमन्त्री लेखकले विधिको शासन स्थापना गर्ने र शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको काममा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाउनु भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस