आज:  | Sun, 08, Sep, 2024

महिलालाई वर्किङ भिसामा काम लगाउने भन्दै १ हजार १ सय ५० कुवेतमा बेच्ने एकजना पक्राउ

३२ असार २०८१, सोमबार १७:२३ मा प्रकाशित ( १ महिना अघि) १७१ पाठक संख्या
नारी बाटिका


काठमाडौं ३१ असार।

मानव बेचबिखनको अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका ३ बस्ने ३२ वर्षीय ङेमा लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।लामाले भिजिट भिसामा कुवेत पुर्‍याई चरम शोषण गरेको पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलिले काठमाडौं गोकर्णेश्‍वर नगरपालिका ६ बाट पक्राउ गरेको हो ।

आरोपित लामाले आफ्नो श्रीमती समेत कुवेतमा रहेको र त्यहाँ सजिलै काम गर्न सकिने भन्दै वर्किङ भिसामा क्लीनरको काममा लगाई दिने प्रलोभन देखाई पीडितबाट ९५ हजार रूपैयाँ लिई २०८० कात्तिक ५ गते भिजिट भिसामा कुवेत पुर्‍याएएका थिए ।

अभियुक्तले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको एयरपोर्टमा देखाउने समेतको कागजातहरू झुठ्ठा र फरक(फरक बनाई पठाएका थिए । पिडित कुवेतको एयरपोर्टमा पुगेलगतै लामाको श्रीमतीले रिसिभ गरी कुवेती नागरिकको घरमा १ हजार १ सय ५० कुवेती दिनारमा बेचबिखन गरेका थिए ।

त्यस पच्छाद् कुवेती नागरिकले पीडितलाई बन्धक बनाई घरेलु कामदारको रूपमा राखी पारिश्रमिक समेत नदिई यौन शोषण तथा चरम श्रम शोषण गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको हो । अभियुक्त लामा उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थपको अनुमति लिई घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस