आज:  | Sun, 08, Sep, 2024

धादिङका अधिकारी सहित २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार

३२ असार २०८१, सोमबार १५:३१ मा प्रकाशित ( १ महिना अघि) २०५ पाठक संख्या
नारी बाटिका


काठमाडौं ३० असार ।

काँगेसको समर्थनमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथग्रहण गर्नु भएको छ। सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथग्रहण गर्नु भएको हो।

ओली देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिनु भएको हो। शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष,पूर्वप्रधानमन्त्रीहरु,सांसद,कूटनीतिक नियोगका प्रतिनिधि लगायतका नेताहरुको सहभागिता रहेको थियो।

सो अवसरमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पद तथा गोपनियताको शपथग्रहण गर्नु भएको थियो। त्यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी हुनु भएको छ ।

त्यसैगरी परराष्ट्रमन्त्री डा.आरजु राणा,खोनपानीमन्त्री प्रदीप यादव, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी,महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल,युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी,स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल हुनु भएको छ ।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी,शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, रक्षामन्त्री मानवीर राई, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी हुनु भएको छ ।

नवनियुक्त सबै मन्त्रीहरुले पनि पद तथा गोपनियताको शपथग्रहण गरेका छन्।धादिङका काँग्रेस सभापती अधिकारी सहित प्रधानमन्त्री ओलीले आजै २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस