आज:  | Sun, 08, Sep, 2024

त्रिशूली नदीमा बेपत्ताको खोजी गर्न विदेशबाट प्रविधि झिकाउने : गृहसचिव

३१ असार २०८१, आईतवार १८:३० मा प्रकाशित ( १ महिना अघि) १०८ पाठक संख्या
नारी बाटिका


भरतपुर ३० असार ।

गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताउनु भएको छ । गत बिहिबार राति सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएको २ वटा बस र यात्रुहरुको खोजीको प्रगतिबारे जानकारी लिन उच्च सुरक्षा अधिकारी सहित घटनास्थलमा पुग्नु भएको थियो ।

आजसम्म वेपत्ता भएका ५ जनाको शब भेटिएको छ । तर ३ दिनसम्म नेपालका तालिम प्राप्त प्राविधिक टोलिले खोजी कार्य तिब्र बनाएको छ । र पनि उल्लेनीय प्रगती हुन नसकिरहेको अवस्थामा सो कुरा बुझ्न घटनास्थलमा पुगेका अर्यालले थप प्रविधिबारे दातृ निकाय र विभिन्न देशका दूतावाससँग कुरा भइरहेको जानकारी दिनु भयो। उहाँले बेपत्ताको खोजी गर्न सरकारले प्रविधि सहितका पाँच सय सुरक्षाकर्मी र गोताखोर परिचालन गरिएको बताउनु भयो।

“यातायात व्यवसायीसँग समेत छलफल गरेर खोजीलाई कसरी तदारुकता दिन सकिन्छ भनेर लागेका छौँ,” अर्यालले भन्नु भयो, “अहिलेसम्म पाँचवटा शव फेला परिसकेको छ।” पानीको सतह घट्दै गएपछि आधुनिक उपकरण प्रयोग गरेर खोजीलाई तीव्रता दिइने बताउनु भयो। सचिव अर्याल सहित प्रहरी महाननिरीक्षक वसन्त कुँवर लगायतको सुरक्षा टोलीले आजै दुर्घटनास्थलको स्थलगत निरीक्षण गर्ने जनाइएको छ।

रातको समय त्यसमाथी पनि केही दिनदेखीको अविरल झरीका कारण यही असार २८ गते बिहान ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका–२९ नारायगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिलो आई ताल पुरिएको थियो ।

त्यसै रात वीरगन्जबाट काठमाडौँ तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नंको एञ्जल डिलक्स गाडी र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नंको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए। नदीमा बेपत्ता ६५ यात्रुमध्ये अहिलेसम्म पाँचजनाको मात्र शव फेला परेको छ भने अहिलेसम्म दुबै दुर्घटना भएको बसको अवस्था अज्ञात रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस