आज:  | Sun, 08, Sep, 2024

श्रीमतीको हत्या गरी साथमा ५बर्षको बच्चा लिएर श्रीमान फरार

३१ असार २०८१, आईतवार १४:२७ मा प्रकाशित ( १ महिना अघि) १०९ पाठक संख्या
नारी बाटिका


रुकुम ३० असार ।

रुकुम पूर्वमा आफ्नै श्रीमानले श्रीमतीको घाटी रेटेर हत्या गरेका छन्। रुकुमको भूमे गाउँपालिका वडा नम्बर ६ तमारीस्थित बस्ने २७ वर्षका दामे भनिने जीवन ओलीले आफ्नै २५ वर्षकी श्रीमती अप्सरा ओलीलाई खुकुरीले घाटी रेटेर हत्या गरेका हुन् ।

ओलीले शुक्रबार राति श्रीमतीको घाटी रेटेर हत्या गरी घरदेखि सय मिटरको दुरीमा रहेको खोल्सामा मृतकको शव फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनु भयो ।

प्रहरी निरीक्षक भट्टराईका अनुसार हत्यामा संलग्न मृतकका श्रीमान् जीवन ओली ५ वर्षका छोरा आयुस ओलीलाई साथमा लिएर फरार भएका छन्।

श्रीमतीको हत्या गरी फरार भएका वलीको खोजी कार्य भैरहेको छ भने घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस