आज:  | Sun, 08, Sep, 2024

काँग्रेस एमाले नयाँ समिकरणको प्रधानमन्त्रीको नियुक्ति आज र भोलि शपथ हुने

३१ असार २०८१, आईतवार ०७:१२ मा प्रकाशित ( १ महिना अघि) १२२ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ३० असार।

नयाँ समिकरणबाट बन्दै गरेको प्रधानमन्त्रीको नियुक्ति आज हुंदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको नियुक्ति आज (आइतबार) गर्दैै हुनुहुन्छ । उहाँले नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथ ग्रहणको प्रक्रिया अघि बढाउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनु भयो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२० बमोजिम नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आइतबार असार ३० गते अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न गएको शुक्रबार नै आह्वान गरी सक्नु भएको छ।

सोही आह्वान अनुसार केपी शर्मा ओलीले नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरेका हुन् । राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आज साँझ प्रधानमन्त्री पदमा वलीलाई नियुक्त गर्नेछन् ।

प्रधानमन्त्रीको नियुक्ती र शपथ ग्रहणको कार्य गर्न आज एकै दिनमा समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम हुने प्रेस सल्लाहकार पोखरेलले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस