आज:  | Sun, 08, Sep, 2024

नारायणी नदीमा बेपत्ता भएको बस दुर्घघना अपडेट:नदी किनारमा २ शव भेटियो

३० असार २०८१, शनिबार १८:०१ मा प्रकाशित ( १ महिना अघि) २३१ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २९ असार ।

आज नवलपरासी पूर्वको गैँडाकोटस्थित १० मा दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यलय चितवनले नारायणी नदी किनारमा दुई शव फेला परेको जानकारी दिएको छ । शनिबार दिउँसोपख भेटिएको शव सिमलताल घटनाको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि प्रहरीले पुष्टि भने गरिसकेको छैन। त्यसैले उत्त शवबो सनाखत भएपछि पुष्टि गर्न सकिने प्रहरीले जनाएको छ।

भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा शुक्रबार विहान करिव साँडे ३ बजेको आसपासमा दुई वटा डिलक्स गाडी त्रिशूली नदीमा खसेका थिए। एन्जल नाम लेखेको बस वीरगन्जबाट काठमाडौँतर्फ र गणपति नाम लेखेको बस काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परी नारायणी लदीमा वेपक्त भएका थिए ।

दसर्घटना भएका बसमा के कति यात्रुहरु थिए भनेर प्रावम्भिक चरणरमा एकिन हुन बाँकी छ । तर दुई वटा बसमा ६४ जना रहेको अनुमान गरिएको छ । बस दुर्घटना हुंदै गर्दा ३ जना यात्रुहरु भने बसको झ्यालबाट हाम्फालेर बाँच्न सफल भएका छन् । अन्य यात्रुको अज्ञात रहेको छ । दुई दिनदेखी उनीहरुको खोजी कार्य चलिरहेको छ। यसअघि एक जना भारतीय नागरिकको शव फेला परेको थियो। उक्त शव सोही घटनामा परेका बसमा सवार यात्रीको रहेको पुष्टि भइसकेको छ।

शुक्रबार विहान नारायणी नदीमा बेपत्ता भएको २ वटा बस र यात्रुहरुको वाटर ड्रोन मार्फत खोजी कार्य सुरु गरिएको छ । बिहिबार राति करिव साँडे तिन बजेको समयमा दुई यात्रुवाहक बस नारायणी नदीमा दुर्घटनामा परी बेपत्ता भएको थियो । घटनापछी नेपाली सेना,सशस्श्र प्रहरी बल,नेपाल प्रहरीका तालिम प्राप्त सुरक्षाका टोलिले द्रुतगतिमा खोजी रहेको भएतापनि नदीमा पानीको बाभ निकै भएकोले बस तथा बाँकी यात्रुहरुलाई फेला पार्न सकिरहेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस