आज:  | Sun, 08, Sep, 2024

नीलकण्ठ नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

३० असार २०८१, शनिबार ०७:३९ मा प्रकाशित ( १ महिना अघि) १९१ पाठक संख्या
नारी बाटिका


धादिङ २९ असार ।

धादिङ जिल्लास्थित नीलकण्ठ नगरपालिकाको चालु आर्थिक बर्ष २०८०।०८१ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । शुक्रबार नीलकण्ठ नगरपालिकाबाट चालु आवमा भए गरिएको सेवा प्रवाह तथा कार्य प्रगती र बजेटका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाईमा नगरपालिका बाट सम्पन्न गरिएका योजना तर्फ,सामाजिक विकास तर्फ र लक्षित वर्गतर्फको कार्य प्रगती, नागरिक सेवा, निति तथा कार्यक्रम तथा बजेटको बिषयमा नगरभित वसोबास गर्ने सरोकारवालाहरुले प्रश्न, गुनासो र सुझाव राखेका थिए ।

नागरिकबाट उठेका जिज्ञासाको नगर प्रमुख भीम प्रसाद ढुंगाना, उप–प्रमुख दिपक बिश्वकर्मा, जिल्ला प्रशासन कार्यालय बाट प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत पुरुषोत्तम सुवेदी र जिल्ला प्रहरी कार्यालय धादिङ प्रमुख गौतम कुमार केसीले प्रस्टयाउनु भएको थियो ।

जिज्ञासा,सुझाव र गुनासालाई संवोधन गर्नु हुदै मेयर ढुङ्गानाले शुशासन पारदर्शिता र जवाफदेहिताको निमित्त आफु सदैव प्रतिवद्ध रहेको बताउँदै सल्लाह, सुझाव र गुनासो सुन्नकै निमित्त सार्वजकि सुनुवाई कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

उहाँले आफ्नो नेतृत्वको नगरपालिका टिमले नगरबासीको शिर झुकाउने काम कहिल्यै नगर्ने, सम्मृद्ध नगरपालिका निर्माणको लागि आफु प्रतिबद्ध रहेको धारणा व्यत्त गर्नु भएको छ ।

मेयर ढुंगानाले सार्वजनिक सुनुवाईमा उठेका सकारात्मक सवालहरुलाई आफुले पुर्ण कार्यान्वयन गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस