आज:  | Sun, 08, Sep, 2024

१९ महिनाको अवधीमा पाँचौ पटक असफल बनेका प्रचण्ड नेतृत्वको सरकार ढल्यो

२९ असार २०८१, शुक्रबार १९:५२ मा प्रकाशित ( १ महिना अघि) १४८ पाठक संख्या
नारी बाटिका


काठमाडौं २८ असार।

पटक पटक विश्वासको प्राप्त गर्न सफल हुनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ १९ महिनाको अवधीमा ५औं पटक असफल हुनु भएको छ । एमाले सहितको गठवन्धनमा प्रधानमन्त्री भएर प्रचण्ड नेतृत्वको सरकार आज ढलेको हो । १९ महिनापछि ५औं पटक प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदा दुई तिहाइ सांसदले उहाँको विपक्षमा मतदान गरेका थिए ।

आज विश्वासको मतको विभाजनको बैठकमा २५८ सांसद् उपस्थित भएका थिए । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा माओवादी, रास्वपा र नेकपा एसका ६३ सांसदले मतदान गरे । विपक्षमा १९४ मत प्राप्त भयो । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ मतको आवश्यक पर्छ । दिन्न भन्नेमा एक मत परेको थियो ।

देशको सबैभन्दा ठुला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति भएपछि प्रचण्डको सरकार ढल्ने निश्चित हुँदा पनि प्रचण्डले विश्वासको मत लिनको लागी आज असार २८ गतेलाई कुरेर बसेका हुन् । प्रचण्ड सरकार ढलेसँगै केपी ओलीलाई दुई तिहाइको प्रधानमन्त्री बनाउने सहमति अनुसार कांग्रेस एमालेले नयाँ सरकार गठन प्रक्रिया अघि बढाएका छन् ।

यसअघि २०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त हुनु भएको थियो । उहाँलाई अझै ५औं पटकमा पनि आफुले विश्वासको मत पाउँनेमा आशावादी भएर आजको दिनलाई कुरेर बस्नु भएका प्रचण्ड तर आज आएर यस पटकमा भने असफल बन्न पुग्नु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस