आज:  | Sun, 08, Sep, 2024

काठमाडौं आउँदै गरेको हाईस अनियन्त्रित भइ सिन्धुलीमा दुर्घटना,११ जना घाइते

२९ असार २०८१, शुक्रबार १७:०६ मा प्रकाशित ( १ महिना अघि) १५० पाठक संख्या
नारी बाटिका


काठमाडौं २८ असार।

सुक्रबार सिन्धुलीमा हाईस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। आज बिहान ११ वजेर ४० मिनेटमा गोलोन्जोर गाउँपालिका(७ स्थित सुनकोसी मरीन डाइभर्सन नजिक नम्बर नखुलेको आइस आफै अनियन्त्रित भइ सडकबाट तल खसेर दुर्घटनामा परेको थियो ।

सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक हाईस आफैँ अनियन्त्रित भई सडकबाट करिव ३० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

हाईस दुर्घटना भएको जानकारी प्राप्त हुनसाथ सशस्त्र प्रहरीको विपद व्यव्यस्थापन सुरक्षा बेश खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ४ जना गोताखोर तालिम प्राप्त सहित ७ जना सुरक्षाकर्मीहरु खटिएका छन्। सशस्त्र प्रहरीको टोलीले घाइतेलाई उद्धार गरी उपचारको लागि शुभ जीवन अस्पताल खुर्कोट पयाएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस