आज:  | Sun, 08, Sep, 2024

नारायणी नदीले दुई वटा बस बगाउँदा ६० भन्दा बढी यात्रुहरु बेपत्ता,थप विवरण आउन बाँकी

२९ असार २०८१, शुक्रबार ०८:०८ मा प्रकाशित ( १ महिना अघि) २५९ पाठक संख्या
नारी बाटिका


बिबियु ,नारी वाटिका समचार ब्युरो

चितवन- २८ असार।

अविरल वर्षाको कारण सिमलतालमा पहिरो खस्दा नारायणी नदीले दुई वटा बस बगाउँदा ६० भन्दा बढी यात्रुहरु बेपत्ता भएका छन् । चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरोले दुई वटा यात्रुवाहक बस बगाएको हो। पहिरोले बगाएका दुई वटै बस नारायणी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नारायणगढ(मुग्लिन सडकको सिमलतालमा अविरल वर्षासँगै लेदो सहितको पहिरो खस्दा काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एञ्जल बस आज बिहान साढे ३ बजे नारायणीमा नदिमा खसेका हुन्।

गौर तर्फ जाँदै गरेको बसमा ४१ जना र काठमाडौं तर्फ आउँदै गरेको बसमा २४ जना यात्रु रहेका थिए। घटनास्थलमा अहिले सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट ३५ जनाको सुरक्षा टोली र विपद व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २० जना तालिम प्राप्त सुरक्षा टोली परिचालन भएका छन्।

उक्त स्थानमा पहिरो खसेपछि मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको छ। यस्तै भरतपुर महानगरपालिका(२९ सत्रकिलो स्थित नारायणगढ(मुग्लिन सडक खण्डमा बुटवलबाट काठमाण्डौ तर्फ आउँदै गरेको लु २ ख ६५६६ नम्बरको बसमाथि ढुङ्गा खस्दा बस चालकको पनि मृत्यु भएको छ।

लेदो सहित खसेको उक्त पहिरोले बसमाथी ढुङ्गाले थिचेको थियो । मृत्यु हुने बसचालक नवलपरासीको सुनवल नगरपालिका(४ का ३६ वर्षीय मेगनाथ बिक रहेका छन्। उनलाई गम्भीर घाइते अवस्थामा उपचारको लागि भरतपुर तर्फ पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

थप विवरण आउन बाँकी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस