आज:  | Sun, 08, Sep, 2024

गएराति पोखरामा पहिरोले घर पुरिँदा ७ जनाको मृत्य,२ जना घाइते

२९ असार २०८१, शुक्रबार ०७:४४ मा प्रकाशित ( १ महिना अघि) १३३ पाठक संख्या
नारी बाटिका


काठमाडौं २८ असार।

अविरल वर्षाले पोखरामा आएको पहिरोले घर पुरिँदा ७ जनाको मृत्यु भएको छ। गएराति पोखरा महानगरपालिका( १९ पुरनचौरमा पहिरो आई घर पुरिदा ७ जनाको मृत्यु भएको छ भने अन्य २ जना समेत घाइते भएको प्रहरीले जनाएको छ।

विहानै देखी घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट २५ जनाको सुरक्षा टोली, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएर उद्धार कार्य जारी रहेको कास्की प्रहरीले जानकारी दिएको छ।

साथै पहिरोले के कति क्षति भयो भन्ने बारेमा थप विवरण आउन बाँकी रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस