आज:  | Sun, 08, Sep, 2024

नेपालमा “नाइरोबी फ्लाइ” किराको आतंक, साथमा यसबाट बच्ने उपाय

२८ असार २०८१, बिहीबार १९:३९ मा प्रकाशित ( १ महिना अघि) १६० पाठक संख्या
नारी बाटिका


काकाठमाडौं २७ असार।

विशेषगरी वर्षायाममा फैलने नाइरोबी फ्लाइ नामक किराको नेपालमा आतंक बनाउन थालेको छ। केही जिल्लाकामा नाइरोबी सङ्क्रमितहरु फेला पर्न थालेका छन् ।
मानिसको शरीरमा उक्त किराले आक्रमण गरेपछि एक किसिमको रसायन निस्कन्छ र सो रसायन (pederin) पेडेरिनले छालामा एलर्जी गराउँछ।

पेडेरिन भनेर चिनिने रसायनले छाला जलन हुन सक्छ, जसले गर्दा छालामा घाउहरू वा असामान्य दागहरू देखिन सक्छ। छाला सामान्यतया एक देखि दुई हप्ता भित्र निको हुन थाल्छ, तर किटाणुकौ संक्रमणले भने घाउ बनेर बल्झिन सक्छ।

जिल्लाका सरकारी स्वास्थ्य संस्था र निजी मेडिकलमा यस्ता सङ्क्रमित फेला पर्न थालेका जनाईएको । यस किराले अमक्रमण गरेसंगै सङ्क्रमितको छाला रातो हुने, फोका–फोका आउने, चिलाउने, पाक्ने लगायतका लक्षण देखा पर्न थाल्छन् ।

तर नाइरोबी फ्लाइको उपचार हुने भएकोले नआत्तिन स्वास्थ्यकर्मीले आग्रह समेत गरे । यसबाट विशेषगरी बालबालिका र वृद्धवृद्धालाई जोगाउनु पर्ने उनीहरूको सुझाव छ ।यसबाट बच्नका लागि निम्न सुरक्षात्मक उपायहरू अपनाउन सकिने स्वास्थ्यकर्मीहरुको सुझाव रहेको छ ।
१. किरालाई हातले नछुने स्
यदि किरा तपाईँको छालामा बसेको छ भने, त्यसलाई हल्कासँग फुक्नुस्, नमार्नुहोस्।
२. सुरक्षात्मक लुगा लगाउनुहोस्
लामो बाहुला भएको सर्ट र पाइन्ट लगाएर छालालाई ढाक्न सकिन्छ।
३. झुल प्रयोग गर्नुहोस्स्
रातमा झुलभित्र सुत्नाले किराबाट टाढा राख्न मद्दत गर्छ।
४. झ्याल र ढोकाहरू बन्द राख्नुहोस्
झ्याल र ढोकामा जाली राख्नाले किराहरू भित्र पस्नबाट रोक्न सक्छ।
५. बाहिरी बत्ती घटाउनुहोस्
किराहरू उज्यालोमा आकर्षित हुन्छन्, बाहिरी बत्ती कम गरेर किराहरू घटाउन सकिन्छ।
६. सफा वातावरण राख्नुहोस् । आफ्नो वरिपरि सफा राख्नाले किराहरू आकर्षित हुनबाट रोक्न सकिन्छ।
के गर्ने ? छालालाई तुरुन्तै धुनुहोस् ।

यदि तपाईँको छालामा त्यस्ता किराहरू पर्‍यो वा छुनुभयो भने छालालाई साबुन र पानीले तुरुन्तै धुनुहोस्। साधारण भ्यासलिन लगाउनुहोस्। सकेसम्म छिटो चिकित्सक सहायता लिनुहोस्

काकाठमाडौं २७ असार।

विशेषगरी वर्षायाममा फैलने नाइरोबी फ्लाइ नामक किराको नेपालमा आतंक बनाउन थालेको छ। केही जिल्लाकामा नाइरोबी सङ्क्रमितहरु फेला पर्न थालेका छन् ।
मानिसको शरीरमा उक्त किराले आक्रमण गरेपछि एक किसिमको रसायन निस्कन्छ र सो रसायन ९उभमभचष्ल० पेडेरिनले छालामा एलर्जी गराउँछ।

पेडेरिन भनेर चिनिने रसायनले छाला जलन हुन सक्छ, जसले गर्दा छालामा घाउहरू वा असामान्य दागहरू देखिन सक्छ। छाला सामान्यतया एक देखि दुई हप्ता भित्र निको हुन थाल्छ, तर किटाणुकौ संक्रमणले भने घाउ बनेर बल्झिन सक्छ।

जिल्लाका सरकारी स्वास्थ्य संस्था र निजी मेडिकलमा यस्ता सङ्क्रमित फेला पर्न थालेका जनाईएको । यस किराले अमक्रमण गरेसंगै सङ्क्रमितको छाला रातो हुने, फोका–फोका आउने, चिलाउने, पाक्ने लगायतका लक्षण देखा पर्न थाल्छन् ।

तर नाइरोबी फ्लाइको उपचार हुने भएकोले नआत्तिन स्वास्थ्यकर्मीले आग्रह समेत गरे । यसबाट विशेषगरी बालबालिका र वृद्धवृद्धालाई जोगाउनु पर्ने उनीहरूको सुझाव छ ।यसबाट बच्नका लागि निम्न सुरक्षात्मक उपायहरू अपनाउन सकिने स्वास्थ्यकर्मीहरुको सुझाव रहेको छ ।
१. किरालाई हातले नछुने स्
यदि किरा तपाईँको छालामा बसेको छ भने, त्यसलाई हल्कासँग फुक्नुस्, नमार्नुहोस्।
२. सुरक्षात्मक लुगा लगाउनुहोस्
लामो बाहुला भएको सर्ट र पाइन्ट लगाएर छालालाई ढाक्न सकिन्छ।
३. झुल प्रयोग गर्नुहोस्स्
रातमा झुलभित्र सुत्नाले किराबाट टाढा राख्न मद्दत गर्छ।
४. झ्याल र ढोकाहरू बन्द राख्नुहोस्
झ्याल र ढोकामा जाली राख्नाले किराहरू भित्र पस्नबाट रोक्न सक्छ।
५. बाहिरी बत्ती घटाउनुहोस्
किराहरू उज्यालोमा आकर्षित हुन्छन्, बाहिरी बत्ती कम गरेर किराहरू घटाउन सकिन्छ।
६. सफा वातावरण राख्नुहोस् । आफ्नो वरिपरि सफा राख्नाले किराहरू आकर्षित हुनबाट रोक्न सकिन्छ।
के गर्ने ? छालालाई तुरुन्तै धुनुहोस् ।

यदि तपाईँको छालामा त्यस्ता किराहरू पर्‍यो वा छुनुभयो भने छालालाई साबुन र पानीले तुरुन्तै धुनुहोस्। साधारण भ्यासलिन लगाउनुहोस्। सकेसम्म छिटो चिकित्सक सहायता लिनुहोस्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस