आज:  | Sun, 08, Sep, 2024

काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच बूढानीलकण्ठमा छलफल

२८ असार २०८१, बिहीबार ०८:०३ मा प्रकाशित ( १ महिना अघि) १३६ पाठक संख्या
नारी बाटिका


काठमाडौं २७ असार।

नयाँ समिकरणको सरकार बन्दैको पुर्व संन्ध्यामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच देउवा निवासमा भेटवार्ता भएको छ । बुधबार साँझ बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा नयाँ सरकार गठन, सक्ति बाँडफाँड,मन्त्रीहरुको सहभागीता लगायतका विषयमा छलफल भएको नेपाली कांग्रेस स्रोतले बताएको छ ।

हिजो साँझ करिब दुई घण्टा लामो छलफलमा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलको उपस्थिति रहेको थियो । त्यसेगरी कांग्रेसका रमेश लेखक पनि सहभागी हुनु भएको थियो ।

कांग्रेस र एमालेको नयाँ समीकरणमा नयाँ सरकार गठनका लागि छलफल निरन्तर चलिरहेको छ भने दुईदलका तर्फबाट ककसलाई मन्त्री बनाउने भन्ने टुंगो भने लाग्न समय लाग्ने देखिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस