आज:  | Sun, 08, Sep, 2024

कृषि विकास सहकारीको एक अर्ब रकम अपचलनमा १२ जना विरुद्ध मुद्दा दायर

२७ असार २०८१, बुधबार २०:१७ मा प्रकाशित ( १ महिना अघि) १६४ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २६ असार ।

कृषि विकास बहुउद्देश्यीय सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम अपचलन गरेको आरोपमा १२ जना विरुद्ध मुद्दा दायर भएको छ । सहकारीका सञ्चालक सहितले करिब एक अर्ब अपचलन गरेको आरोपमा १३ जनालाई प्रतिवादी बनाएर ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिनु भयो।

प्रवक्ता सुवेदीका अनुसार आरोपित प्रतिवादी १३ जनामध्ये ८ जना फरार भएका छन् भने चार जना पक्राउ परेका छन् ।जसमध्य एक जनाको मृत्यु भइसकेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले यसै महिनाको असार १गते तनहुँको ब्यास नगरपालिका(११ घर भई काठमाडौँको गोकर्ण बस्ने कृषि सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा,परेका हुन् ।

त्यसैगरी थापाकी श्रीमती सजना राजकर्णीकार, सहकारीका सदस्यद्वय भीमसेन महर्जन र सञ्जय सापकोटालाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर ललितपुरलाई बुझाएको थियो । प्रहरीको २५ दिनसम्मको अनुसन्धानपछी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा पेश गरेपछी ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

सो प्रकरणमा पक्राउ परेका चार बाहेक अन्यलाई फरार प्रतिवादी बनाइएको प्रवत्ता सुवेदीले वताउनु भयो । फरार हुनेहरूमा सहकारीका उपाध्यक्ष ५१ वर्षीय उमेशजंग थापा, सचिव ४२ वर्षीय कृष्णबहादुर घर्ती क्षेत्री, सदस्य ४२ वर्षीय विष्णुकुमार महत, लेखा सुपरीक्षण समितिका संयोजक ३५ वर्षीय पदम मास्की, लेखा सुपरीक्षण समितिका सदस्य ४४ वर्षीय राज श्रेष्ठ, ४२ वर्षीय विकेश ताम्राकार र महाप्रबन्धक ३६ वर्षीय सन्तोषराज भण्डारीलाई फरार प्रतिवादी बनाइएको छ ।

त्यसैगरी सहकारीका कोषाध्यक्ष ४७ वर्षीय निरेश थापा मगरको मृत्यु भइसकेकाले उनको हकमा बिगोको मात्रै मागदाबी गर्दै मुद्दा दर्ता भएको छ । अपचलन भएको ९६ करोड २ लाख ६१ हजार ६४९ रुपैयाँ हिनामिना भएको भन्दै ५५१ जनाको जाहेरी परेको छ । सोही बमोजिमको बिगो, जरिवाना र कैद मागदाबी गर्दै सहकारी ठगीको कसुरमा मुद्दा दर्ता भएको हो ।

मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ अन्तर्गतको ठगी कसुरमा मुद्दा दर्ता गरिएको हो । सो कसुरमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । त्यसैगरी ललितपुर प्रहरीले सहकारी ठगीको कसुरमा पक्राउ परेकाहरूको सम्पत्ति रोक्काका लागि मालपोत कार्यलयलाई समेत पत्राचार गरिसकेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस