आज:  | Sun, 08, Sep, 2024

गृह्रमन्त्री लामिछानेको सहकारी तथा पासपोर्ट प्रकरणको छानबिन पार्टीले गर्नुपर्छ : मुकुल ढकाल

२७ असार २०८१, बुधबार १७:२० मा प्रकाशित ( १ महिना अघि) ११३ पाठक संख्या
नारी बाटिका


काठमाडौं २६ असार।

हालै रास्वपाबाट निलम्बित महामन्त्री डा.मुकुल ढकालले गृह्रमन्त्री लामिछानेको सहकारी तथा पासपोर्ट प्रकरणको छानबिन पार्टीले नै गर्नु पर्ने बताएका छन् । ढकालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि पार्टीको सक्रियतामा छानबिन हुनुपर्ने बताएका हुन् ।

पार्टीको सबै पदबट निष्काशित भएपछी बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले लामिछानेमाथि सहकारी ठगि प्रकरणमा पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् । साथै ढकालले लामिछानेको दुई वटा पासपोर्टको विषयमा पनि पार्टीले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने बताउनु भएको छ ।

ढकालले आफुलाई राष्ट्रिय स्वतन्त्र  पार्टीले गरेको कारवाही नियम संगत नभएको भन्ने असन्तुष्टी व्यक्त गर्दै आफु अहिले पनि पार्टीको महामन्त्री रहेको दाबि गरेका छन् । आफुले पार्टीभित्र आर्थिक पारदर्शीता नभएको भन्दै रास्वपाको आर्थिक पाटो उपसभापति डिपी अर्यालले हेर्ने गरेको बताए ।

साथै कतिपय प्रकरणमा पार्टीको नाममा आएको रकम उपसभापति अर्यालले नै व्यक्तिगत रुपमा चलाएको आरोप लगाएका छन् ।आफुले आर्थिक पारदर्शिता गर्नुपर्ने कुरा उठाउदा सभापति लामिछानेले आर्थिक कुराको चिन्ता नबुझेको बताएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस