आज:  | Sun, 08, Sep, 2024

झलनाथ प्रतिष्ठानको सर्प पालन भ्रष्टाचारमा मधेशका पूर्वमन्त्री विजय यादवलाई ९ वर्ष कैद

२७ असार २०८१, बुधबार ०७:४२ मा प्रकाशित ( २ महिना अघि) ९७ पाठक संख्या
नारी बाटिका


काठमाडौं २६ असार।

पछिल्लो समयमा भ्रष्टाचारले देश चुर्लुम्मै डुबेको छ । यस्तै नेकपा एकीकृत समजवादी)का नेता झलनाथ खनालको नाममा स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवसहित ५ जनालाई कैद र जरिवाना हुने भएको छ ।

मंगलबार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश तेजनारायण सिंहराई र सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलाशले तत्कालिन मन्त्री यादवलाई सबैभन्दा बढी ९ वर्ष १ महिना जेल सजायको फैसला सुनाएको हो ।

त्यस्तै उनलाई कसुर अनुसार ८ वर्ष र उनको पदीय जिम्मेवारीका हिसाबले थप १ वर्ष १ महिना कैद हुने फैसला सुनाइएको विशेष अदालतका उपरजिष्ट्रार एव्ं प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार तत्कालिन मन्त्री यादवबाट २ करोड ३५ लाख २९ हजार ३६८ रुपैयाँ बिगो र जरिवाना हुने ठहर पनि अदालतले गरेको छ ।

नेता झलनाथ खनाल प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायलाई भने ८ वर्ष कैद र मन्त्री यादव सरह नै जरिवाना असुल्ने फैसला विशेष अदालतले गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएकाहरु सर्लाहीको लालबन्दी नगरपालिकाका पूर्व प्रमुख मानबहादुर र मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला सचिव प्रेमकुमार श्रेष्ठले भने यस अघि नै सफाई पाइसकेका छन् ।यस प्रकरणमा विशेष अदालतले गत असार ११ मा ५ जनालाई दोषी ठहर गर्दै सजाय निर्धारण गर्न हिजो (मंगलबार)का लागि पेसी तोकेको थियो ।

अख्तियारले प्रतिष्ठानको नाममा सरकारबाट १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ खर्च भइसक्दा समेत कामको प्रगति शून्य देखिएपछि ७ जना विरुद्ध २०८० असोज २१ मा विशेष अदालतमाा मुद्दा दायर भएको थियो ।

उत्त झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले विषालु सर्पको टोकाइ हुंदा प्रयोग हुने एन्टि स्नेक भेनम उत्पादन गर्न सर्लाहीको लालबन्दी नगरपालिकासँगको सहकार्यमा एन्टि स्नेक भेनम उत्पादन तथा अनुसन्धान केन्द्र सञ्चालन गर्ने भनेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस