आज:  | Sun, 08, Sep, 2024

मुकुल ढकाललाई पार्टीबाट निकाल्न रास्वपाको बैठक साथै पछिल्लो राजनितिक खेलको पनि चर्चा हुने

२६ असार २०८१, मंगलवार ०८:४५ मा प्रकाशित ( २ महिना अघि) २१२ पाठक संख्या
नारी बाटिका


काठमाडौं २५ असार ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । अहिले केहीबेरमा बैठक बस्ने तयारी भैरहेको पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । बुर्लाकोटीका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा हनेछ । साथै बैठकमा निलम्बित महामन्त्री डा.मुकुल ढकालको विषयमा अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताउनु भयो।

डा.ढकालमाथि अनुशासनात्मक कारबाहीको लागी तयार भएको प्रतिवेदन अनुशासन समितिले पार्टी सभापति रवि लामिछानेलाई बुझाइसकेको छ। त्यसैगरी मंगलबार बस्ने बैठकमा सभापति लामिछानेले प्रतिवेदन पेश गर्ने र समितिको सिफारिसबारे छलफल गरी निर्णय हुने कार्यवाहक महामन्त्री बुर्लाकोटीले जनाएका छन्। प्रतिवेदनमाथि छलफल गर्नकै लागि दुई घण्टा समय निर्धारण गरिएकाले आजै सो विषयमाथी निर्णय आउने उहाँको भनाई छ।

साथै अनुशासन समितिले दिएको राय सहितको सिफारिस केन्द्रीय समितिले हुबहु पास गर्छ वा परिमार्जन गरी कार्यान्वयनमा लैजाने भन्ने बारेमा टुंगो लाग्ने बताईएको छ । त्यसैगरी अनुशासन समितिले डा.ढकाललाई पार्टीबाट निष्कासन गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन बुझाएको छ। गत बुधबार बसेको पार्टी केन्द्रीय समितिको बैठकमा अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेकोले पार्टीको छविमा प्रतिकुल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेको भन्दै उनलाई एक साताका लागि निलम्बन गरिएको थियो।

आफूले तयार पारेको समीक्षा यात्राको प्रतिवेदनमाथि छलफल हुने बैठक प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग ढकालले राखेका थिए । त्यस विषयलाई पार्टीले अस्विकार गरेपछि ढकाल मुखमा मास्क र कालो टेप लगाएर बैठकमा सहभागी भएका थिए। आजको बैठकमा पनि यसै विषयमा बढी चर्चा हुनेछ भने पछिल्लो समयमा सत्ता परिवर्तनको लागी भैरहेको राजनीति खेलका विषयमा समेत छलफल हुने कार्यबाहक महामन्त्री बुर्लाकोटीले बताउन भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस