आज:  | Sun, 08, Sep, 2024

मनसुन सुरु भएसंगै प्रकोपले हालसम्म ७४ जनाको मृत्यु, ८८ घाइते अवस्थामा

२६ असार २०८१, मंगलवार ०७:५१ मा प्रकाशित ( २ महिना अघि) ९८ पाठक संख्या
नारी बाटिका


काठमाडौं २५ असार।

देशभर मनसुन फैलिएयता शोमबार दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबान लगायतको प्रकोपले ७४ जनाको ज्यान लिईसकेको छ । यसै प्रकोपमा परी ८८ जना घाइते भएका छन् ।

विपद्जन्य घटनाले काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा १८, मधेश प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चार गरी ७४ जनाको मृत्यु भई सकेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनु भयो ।

उहाँका अनुसार घाइते भएकाहरु मध्ये काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २१, मधेसमा पाँच, बागमतीमा चार, गण्डकीमा २६, लुम्बिनीमा चार, कर्णालीमा १५ र सुदूरपश्चिममा १० जना गरी जम्मा ८८ जना भईसकेका छन् । नेपाल प्रहरी तथा सुरक्षाका टोलिले कोशी प्रदेशमा ४१ र गण्डकीमा १२ गरी ५३ जनाको उद्धार गरिएको छ । त्यसैगरी बाढी पहिरामा परी कोशी प्रदेशमा दुई, बागमतीमा दुई र सुदूरपश्चिममा एक गरी पाँचजना बेपत्ता भएका छन् ।

उद्धारका टोलिले बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बाढी पहिरोबाट एक सय ६१ घर डुबानमा परेका र ९४ घर,५३ गोठ, ४१ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ । साथै तीन सय ३५ पशुचौपायाहरु मरेका प्रवक्ता कार्कीले जानकारी दिनु भयो ।

मनसुन सूरु भएयताको अवधिमा विपद्का घटनाबाट दुई हजार दुई सय ९६ परिवार विस्थापित भईसकेका छन् । बाढी पहिराको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल खोजी गरी सुरक्षित गर्ने कार्य सुरक्षाको टोलिले गरिरहेका छन् ।

साथै विपत्का जोखिममा परेकाहरुको उद्धारका निमित्त विभिन्न निकाय र स्थानीयवासीको समन्वय तथा सहयोगमा भइरहेका र सडकको अवरोध हटाउने कार्य समेत जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस