आज:  | Sun, 08, Sep, 2024

कैदकट्टा मिनाहा सिफारिस भएका ६३० जनाको नामावली सार्वजनिक

२५ असार २०८१, सोमबार ०७:३१ मा प्रकाशित ( २ महिना अघि) १५१ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २४ असार ।

मुलुकको विभिन्न जिल्ला कारागारमा रहेका ६३० जना कैदीवन्द्यीहरुको कैदकट्टा मिनाहाको सिफारिस भएका छन् । सरकारले कैदकट्टा मिनाहा गर्नका लागि सिफारिस भएका ६३० जनाको नामावली सार्वजनिक गरेको छ ।

गत जेठ १५ सम्म ५० प्रतिशत कैद सजाय भोगिसकेका कैदीलाई कानूनी अड्चनका कारण कैदकट्टा मिनाहा हुन बाँकी रहेको जनाएको छ ।सरकारले उनीहरूको कैदकट्टा मिनाहा गर्ने गरी प्रक्रिया अघि बढाएको हो ।

देशभरका कारागारहरुबाट गत जेठ १५ गतेसम्म ५० प्रतिशत कैद सजाय भोगिसकेकाको नामावली कारागार व्यवस्थापन विभागमा आइसकेको विभागले जनाएको छ । यसका लागी संशोधन कानूनमा कैद मिनाहा गर्नुअघि ७ दिनको म्याद दिएर उजुरी आव्हान गरिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस