आज:  | Sun, 08, Sep, 2024

चट्याङ लागेर भारतको बिहारमा १९ जनाले ज्यान गुमाए

२४ असार २०८१, आईतवार ०७:१० मा प्रकाशित ( २ महिना अघि) १५४ पाठक संख्या
नारी बाटिका


काठमाडौं २३ असार ।

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर १९ जनाले ज्यान गुमाएका छन् । साथै चट्याङकै कारण अन्य सात जना व्यक्तिहरु समेत घाइते भएका छन् । केही दिनदेखी अविरल रुपमा राज्यका १० जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भईरहेको छ ।

खेतमा काम गरिरहेका र भारी वर्षा भएपछी रूखमुनि आश्रय लिने व्यक्तिलाई चट्याङ लागेर १९ जनाको मृत्यु भएको भारतिय संन्चार स्रोतले जनाएका छन्। भारतको मौसम विभागले बिहारको उत्तरी, दक्षिणपूर्वी र दक्षिण मध्य भागहरूमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको भन्दै सावधानीका लागि सूचना ((एलो अलर्ट) जारी पनि गरेको छ।

मनसुन सुरु भएसँगै भारतमा हरेक वर्ष चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको छ अधिकारीहरुले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस