आज:  | Sun, 08, Sep, 2024

वर्षाको कारण उपत्यकाको डुबान पर्ने सम्भावित ठाउँहरुमा सशस्त्र प्रहरी परिचालन

२३ असार २०८१, शनिबार १७:३९ मा प्रकाशित ( २ महिना अघि) २२९ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २२ असार ।

केही दिनदेखीको अविरल वर्षाको कारण उपत्यकाको विभिन्न ठाउँमा डुबान पर्ने थालेपछी सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं.१८ निलबाराही गण काठमाडौँबाट सुन्दरीघाट, बल्खु, बालाजुको विष्णुमती खोला करिडोर, कुलेश्वर, कलंकी र तारकेश्वर इलाकामा सशस्त्र प्रहरी परिचालन गरिएको हो ।

त्यसैगरी अन्य सम्भावित ठाउँहरुमा समेत वाढीको जोखिम नहोस भन्नाका निमित्त उपत्यकास्थित २० नं. विपद् उद्धार गण सिनामंगलबाट पेप्सीकोला र धोविखोला करिडोल इलाकामा परिचालित भएका हन् ।

त्यसैगरी नं. २१ दक्षिणकाली गणबाट महालक्ष्मी कर्मनासा खोला, धापाखेल र नंखु ईलाका तथा नं. २२ गुहेश्वरी गण भक्तपुरबाट चागुनारायण नगरपालिका–१ राई टोल र राधेराधे, नं.२४ बाघबैरब गुल्म काठमाडौँबाट टिचिङ इलाकामा परिचालन गरिएको सशस्त्र प्रहरी वल उपत्यकाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस