आज:  | Sun, 08, Sep, 2024

एसका अध्यक्ष माधव नेपाल प्रचण्ड’ भेट्न बालुवाटारमा पुगे

२२ असार २०८१, शुक्रबार १६:५५ मा प्रकाशित ( २ महिना अघि) २०० पाठक संख्या
नारी बाटिका


काठमाडौँ २१ असार।

नेकपा समाजवादी पार्टी (एस)का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटारमा पुगेका छन् । महाधिवेशनमा केन्द्रीय कमिटीमा आफु पनः पार्टी अध्यक्षमा घोषणा भए लगत्तै नेपाल प्रधानमन्त्रीलाई भेट्न वालुवाटारमा पुगेका हुन् ।

एमालेलेका अध्यक्ष केपी शर्मा वली र काँग्रेस सभापती शेरवहादुर देउवाबिचको सहमतिपछि सरकारबाट बाहिरिएसंगै ‘प्रचण्ड सरकार अल्पमतमा परेको अवस्थामा नेपाल र प्रचण्डबिचमा भेटघाट भएको हो ।

संसद्का ठूला दुई दलले गर्न दिएको सुझाव अस्वीकार गर्दै प्रधानमन्त्रीले संसदमै फेस गर्ने बताएका छन् । यसका लागि असार २८ मा विश्वासको मत लिने व्यवस्थाका लागि संसद सचिवालयमा समेत पत्र पठाइसकेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस