आज:  | Sun, 08, Sep, 2024

जिल्ला नछाड्न सतहत्तरै प्रजिअलाई गृहसचिव अर्यालको निर्देशन

२२ असार २०८१, शुक्रबार ०८:०५ मा प्रकाशित ( २ महिना अघि) ११९ पाठक संख्या
नारी बाटिका


काठमाडौं २१ असार ।

हाल मनसुनी प्रभावको कारण देशैभर वर्षा भैरहेकोले कार्यक्षेत्रमा विपद् प्रतिकार्यमा उच्च प्राथमिकतामा राखी समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई सरकारले निर्देशन दिएको छ। गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्टका संयोजक एव्ं सदस्य सचिव एकनारायण अर्यालले निर्देशन दिनु भएको छ । सचिव अर्यालले सतत्तरै प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे छलफल गर्दै यस्तो निर्देशन दिएका हो।

पछिल्लो समयमा देशभर मनसुन भित्रिएसँगै सक्रिय रुपमा रहेकोले यसबाट हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका स्थानीय पालिकासँग समन्वय गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएको छ । प्रदेश सरकार,,निजी क्षेत्र,सामाजिक संघ संस्थाहरू परिचालनका निम्ति समन्वय गर्न एवं सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने जनाउँदै गृहसचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्न समेत निर्देशन दिनु भएको छ ।

‘विशेषगरी यस समयमा वर्षा बढी मात्रामा हुने र यसबाट स्थानीयस्तरमा विपद्जन्य घटनाको पहिलो जिम्मेवारीमा पालिका नै रहने भएकाले जनप्रतिनिधि सहित कर्मचारीसँगको समन्वय महत्त्वपूर्ण छ’, उहाले भन्नु भयो, ‘यस्तो अवस्थामा आफ्नो कार्यक्षेत्र नछाड्नु होला।’

यसैगरी मौसम पूर्वानुमान गर्ने निकायको तत्परतालाई थप प्रभावकारी गर्न अनुरोध गर्दै तत्काल उद्धार र राहतका लागि हेलिकप्टरदेखि अन्य प्रभावकारी स्रोत साधन चुस्त राख्न पनि सम्बद्ध सबै पक्षलाई गृह्रसचिव अर्यालको सुझाव रहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस