आज:  | Sun, 08, Sep, 2024

२९ सहकारीका सञ्चालकलाई अनुसन्धानमा सघाउन छानबिन समितिको निर्देशन

२१ असार २०८१, बिहीबार १७:४४ मा प्रकाशित ( २ महिना अघि) १८७ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २० असार ।

सहकारी संस्था बचत तथा रकम दुरुपयोग गरेको सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले समस्याग्रस्त २९ वटा निर्र्देशन दिएको छ । सहकारीको रकम हिनामिना प्रकरणबाट समस्याग्रस्थ भएका २९ वटा सहकारीका सञ्चालकलाई समितिमा उपस्थित हुन निर्देशन दिएको हो।

बिहीवार सिंहदरबारमा बसेको संसदीय छानबिन समितिले अनुसूचीमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई समितिमा उपस्थित भइ अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ ।

सो छानविन समितिको बैठकबारे जानकारी गराउँदै समितिका संयोजक सूर्यबहादुर थापाले अनुसूचीमा रहेका २९ वटै सहकारीहरुलाई छानबिनको दायरामा, समन्वय, सम्पर्कमा, समितिको अनुसन्धानमा उपलब्ध भएर सहयोग गर्न अनुरोध गरिएको बताएका छन् ।

सहकारी सञ्चालकहरुलाई कानून अनुसार उपस्थित हुन आग्रह गरेको भन्दै थापाले उपस्थित नभए कानून बमोजिम कारबाही हुने चेतावनी पनि दिएका छन् । समितिले गृहसचिव,प्रहरी महानिरीक्षक सहितलाई समेत शुक्रवार बस्ने बैठकमा उपस्थित हुन जानकारी गराएका हुन्।

‘महालेखाको ६०औँ र ६१औँ प्रतिवेदनमा पनि सहकारी क्षेत्रका समस्याबारे उल्लेख गरिएको छ। २९ वटा जुन सहकारीहरु अनुसूचीमा हुनुहुन्छ, जो समस्याग्रस्त र विभिन्न कारणले विवादमा रहनु भएको छ‚’ ‘उहाँहरु छानबिनको दायरामा, समन्वय, सम्पर्कमा, समितिको अनुसन्धानमा उपलब्ध भएर सहयोग गर्नुस्, उपलब्ध हुनुस्, उपलब्ध भएर सूचना दिनुस्, देश विदेशमा जता हुनुहुन्छ। कानून बमोजिम नै यो अपिल गरेका छौँ।’थापाले भनेका छन् ।

बिहीवारको बैठकमा महालेखापरीक्षक तोयम राया, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका प्रमुख, महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे सहितका अधिकारीलाई बोलाएर सहकारी प्रकरणबारे जानकारी लिएको पनि बताए।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस