आज:  | Sun, 08, Sep, 2024

नेकपा एसको आज नेतृत्व चयनका लागि मतदान हुँदै

२१ असार २०८१, बिहीबार ०८:०६ मा प्रकाशित ( २ महिना अघि) १३९ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २० असार ।

नेकपा (एकीकृत समाजवादी)को असार १६देखी सुरु भएको दशौँ राष्ट्रिय महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्दैछ । त्यसैगरी एसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएकाछ । सहमतीमा नेतृत्व चयन गर्ने भनियतापनि अध्यक्ष पदका लागी हालका अध्यक्ष माधव कुमार नेपाल र महासचिव घनश्याम भूसाल दाबेदार रहेका छन् । माधव नेपालले अध्यक्ष पद नछाड्ने भएपछि झलनाथ खनाल पक्षले भुसाललाई अघि सार्न लागेको हो ।

तर महाधिवेशन प्रतिनिधिहरुले भने नेतृत्व चयन सकेसम्म सहमतिमा गर्ने र सहमति हुन नसके मतदान मार्फत् नेतृत्व गर्ने तयारी गरिएको छ । महाधिवेशनको तेस्रो दिन हिजो महाधिवेशनमा प्रस्तुत गरिएका विभिन्न दस्तावेज अनुमोदन गरिएको थियो ।

त्यसैगरी महाधिवेशन प्रतिनिधिद्वारा राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजलाई सुझाव सहित अनुमोदन गरिएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी निर्वाचन मण्डललाई दिएको छ । निर्वाचनमण्डलले निर्वाचन प्रक्रिया अन्तर्गत मतदाता नामावली प्रकाशनको लागी तयारी गरेको छ ।

आज मनोनयन दर्ता गर्ने, दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने समय, मतदानको कार्यसूची तोकिएको छ । पार्टी केन्द्रीय कमिटी, अनुशासन र लेखापरीक्षण कमिटीले संयुक्त रुपमा निर्वाचन निर्देशिका समेत निर्माण गरिसकेको छ ।

नयाँ नेतृत्व चयनका लागी प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्य केन्द्रीय कमिटीमा प्रतिनिधित्व रहने सुनिश्चितता गरिएको छ । सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

पाँच दिनसम्म संन्चालन हुने यस महाधिवेशनले २१ पदाधिकारी सहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । निर्वाचन विद्युतीय उपकरणबाट गरिने तयारी गरिएको छ । एक हजार आठ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि आवश्यक प्रशिक्षण पनि गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस