आज:  | Sun, 08, Sep, 2024

एसइई परीक्षाको रिजल्टमा सामुदायिक र संस्थागत तर्फको उतीर्ण दरमा दोब्बरले अन्तर

१९ असार २०८१, मंगलवार १५:०४ मा प्रकाशित ( २ महिना अघि) २९६ पाठक संख्या
नारी बाटिका


काठमाडौं १८ असार ।

२०८०सालको माध्यमिक शिक्षा परीक्षा(एसइई)मा सामुदायिक विद्यालय भन्दा संस्थागत विद्यालय तर्फको उत्तीर्ण दरमा दोब्बरले तन्तर परेको छ । सामुदायिक विद्यालय तर्फको उत्तीर्णदर ३६ प्रतिशत मात्रै छ भने संस्थागत तर्फ ७८ प्रतिशत रहेको छ ।

२०८०को माध्यमिक शिक्षा परीक्षा(एसइई)मा रिजल्टको प्रतिशतको अवस्थाले पनि स्पष्ट हुन्छ की सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर कस्तो रहेछ भनेर ?

यही नतिजाले प्रारम्भिक शिक्षा तथा बालविकासदेखि कक्षा १० सम्म विगतको एघार वर्ष विद्यालय शिक्षामा गरिएको लगानीको प्रतिफलले निकै चिन्तित, निराश र आक्रोशित समेत बनाएको शिक्षामन्त्री सुमना श्रेष्ठको बताउनु भएको छ ।

शिक्षामन्त्री श्रेष्ठले भन्नु भयो ,‘हाम्रा विद्यार्थी अनुत्तीर्ण भएका हैनन्, शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रक कार्यालय कक्षा १० र १२०, शैक्षिक गुणस्तर परीक्षण केन्द्र, शिक्षक सेवा आयोगले यसको जिम्मेवारी लिनु पर्दछ ।

त्यसैगरी प्रत्येक प्रदेशमा सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय र शिक्षा तालिम केन्द्र, जिल्लामा शिक्षा विकास तथा समन्वय इकाई,स्थानीय तहका शिक्षा शाखा, महाशाखा, शिक्षा विभाग, हरेक विद्यालयमा स्थित विद्यालय व्यवस्थापन समिति,हरेक निकायका कर्मचारी,प्रधानाध्यापक,शिक्षक र अभिभावक,हामी सबै अनुत्तीर्ण भएका हौँ।’

त्यसैले यसको जिम्मेवारी हामी सबैले लिनै पर्दछ’ ।

उहाँले सबै आ(आफ्नो जिम्मेवारीबाट नराम्रोसँग चुकेका पनि बताइन। ‘अब पनि विद्यालय, समाज र सरकारका हरेक पात्रले निःस्वार्थ रुपमा आफ्ना विद्यार्थीका लागि काम नगर्ने हो भने अबको दश वर्षमा पनि नतिजा यही नै हुनेछ,’बताउनु भयो।

यसो हुनमा वर्षैपिच्छे सरकारले नयाँ नयाँ व्यवस्था लागु गर्ने ? यस वर्षमा पनि नयाँ लेटर ग्रेडिङ निर्देशिका लागू गर्दा परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये करिब ४८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्।

५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३१३ जना फेल (एनजी)भएका छन्। धेरै विद्यार्थीहरू फेल भएपछि चौतर्फी रुपमा सरकारको आलोचना भइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%२%

प्रतिक्रिया दिनुहोस